Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १२, सोमबार १७:४७
सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

Loading

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै

महेश सिंह लहान,सिरहा –पति दीर्घायु तथा पारिवारिक सुख–समृद्धिको कामनासहित सिरहाको लहानसहित मधेसका विभिन्न जिल्लामा आइतबार विवाहित महिलाले परम्परागत बट सावित्री व्रत श्रद्धापूर्वक मनाएका छन्। दिनभर निराहार बस्दै महिलाहरू वट (बर) वृक्ष मुनि विशेष पूजा गर्दै सावित्री र सत्यवानको पौराणिक कथा स्मरण गरेका थिए।
लहान नगरपालिका भित्रका सडक विभागस्थित शिव मन्दिर, अस्पताल चौकको शिवालय तथा रोड नम्बर १ मा रहेको शिव मन्दिरमा बिहानैदेखि महिलाहरूको भीड देखिएको थियो। पारम्परिक भेषभूषामा सजिएका उनीहरू पूजा सामग्रीसहित व्रत बसेर उपस्थित भएका थिए।

पूजा स्थलमा महिलाहरूले बरको रुख वरिपरि धागो बेरी परिक्रमा गरे। पान, सुपारी, फलफूल, मेहन्दी, सिन्दुर, धूप, दीपसहितको थालीमा पूजा अर्पण गर्दै उनीहरूले सावित्रीले यमराजसँग सत्यवानको प्राण फिर्ता ल्याएको धार्मिक आख्यान सम्झिए। पूजा सकिएपछि घर फर्केर श्रीमानको खुट्टा पखाली आरती गर्ने, मिठाई खुवाउने र श्रीमानकै हातबाट सर्वत वा जुस ग्रहण गरी व्रत तोड्ने परम्परा छ।

“श्रीमानको दीर्घायुका लागि वर्षेनी यो व्रत बस्ने गर्छौं,” लहानकी व्रतालु महिला पूजा कुमारी साहले भनिन्, “सावित्रीले जुन प्रकारको साहस देखाइन्, त्यसैको प्रेरणामा हामीले पनि यो पर्वलाई विशेष मान्ने गर्छौं।”

पूजास्थलहरूमा स्थानीय युवाहरू स्वयंसेवकका रूपमा खटिएका थिए भने मन्दिर परिसर फूलमालाले सजाइएको थियो। वातावरण पूर्णतः भक्तिमय थियो—धूप, दीपको सुगन्ध, मन्त्रपाठ, घण्टी र भजनले मन्दिर वरपरको वातावरण शान्तिपूर्ण बनाएको थियो।

मन्दिर व्यवस्थापन समितिका अनुसार, सावित्री व्रतका अवसरमा विशेष सरसफाइ, भजन किर्तन, प्रसाद वितरण र आरतीको व्यवस्था गरिएको थियो। सुरक्षा व्यवस्था मिलाउन प्रहरी टोली पनि परिचालन गरिएको थियो।

बट सावित्री व्रत हिन्दू महिलाहरूका लागि श्रद्धा, समर्पण र नारी धर्मको प्रतीक पर्वका रूपमा मधेस क्षेत्रमा विशेष महत्वका साथ मनाउने चलन रहेको छ। यस पर्वले सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई मजबुत बनाउने विश्वास महिलाहरूले व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ जेष्ठ १२, सोमबार १७:४७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ जेष्ठ १२, सोमबार १७:४७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ जेष्ठ १२, सोमबार १७:४७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ जेष्ठ १२, सोमबार १७:४७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ जेष्ठ १२, सोमबार १७:४७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ जेष्ठ १२, सोमबार १७:४७
Next Post
नेपाल जेसीजका केन्द्रीय अध्यक्ष थापाको स्वागतसहित लहान शाखा भ्रमण तथा विमोचन कार्यक्रम सम्पन्न

नेपाल जेसीजका केन्द्रीय अध्यक्ष थापाको स्वागतसहित लहान शाखा भ्रमण तथा विमोचन कार्यक्रम सम्पन्न

बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

नेतृत्व विकासमा महिलाको उल्लेखनीय सहभागिता

नेतृत्व विकासमा महिलाको उल्लेखनीय सहभागिता

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ जेष्ठ १२, सोमबार १७:४७
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ जेष्ठ १२, सोमबार १७:४७
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ जेष्ठ १२, सोमबार १७:४७
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ जेष्ठ १२, सोमबार १७:४७
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ जेष्ठ १२, सोमबार १७:४७
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ जेष्ठ १२, सोमबार १७:४७
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ जेष्ठ १२, सोमबार १७:४७
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ जेष्ठ १२, सोमबार १७:४७
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८२ जेष्ठ १२, सोमबार १७:४७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.