Nepal BBC
Friday, January 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

महेश सिंह by महेश सिंह
२०८२ जेष्ठ १२, सोमबार १७:४७
सिरहामा बट सावित्री व्रतमा श्रद्धालु महिलाको भीड

Loading

पति दीर्घायुको कामनामा वट वृक्षको पूजा, दिनभर निराहार बस्दै

महेश सिंह लहान,सिरहा –पति दीर्घायु तथा पारिवारिक सुख–समृद्धिको कामनासहित सिरहाको लहानसहित मधेसका विभिन्न जिल्लामा आइतबार विवाहित महिलाले परम्परागत बट सावित्री व्रत श्रद्धापूर्वक मनाएका छन्। दिनभर निराहार बस्दै महिलाहरू वट (बर) वृक्ष मुनि विशेष पूजा गर्दै सावित्री र सत्यवानको पौराणिक कथा स्मरण गरेका थिए।
लहान नगरपालिका भित्रका सडक विभागस्थित शिव मन्दिर, अस्पताल चौकको शिवालय तथा रोड नम्बर १ मा रहेको शिव मन्दिरमा बिहानैदेखि महिलाहरूको भीड देखिएको थियो। पारम्परिक भेषभूषामा सजिएका उनीहरू पूजा सामग्रीसहित व्रत बसेर उपस्थित भएका थिए।

पूजा स्थलमा महिलाहरूले बरको रुख वरिपरि धागो बेरी परिक्रमा गरे। पान, सुपारी, फलफूल, मेहन्दी, सिन्दुर, धूप, दीपसहितको थालीमा पूजा अर्पण गर्दै उनीहरूले सावित्रीले यमराजसँग सत्यवानको प्राण फिर्ता ल्याएको धार्मिक आख्यान सम्झिए। पूजा सकिएपछि घर फर्केर श्रीमानको खुट्टा पखाली आरती गर्ने, मिठाई खुवाउने र श्रीमानकै हातबाट सर्वत वा जुस ग्रहण गरी व्रत तोड्ने परम्परा छ।

“श्रीमानको दीर्घायुका लागि वर्षेनी यो व्रत बस्ने गर्छौं,” लहानकी व्रतालु महिला पूजा कुमारी साहले भनिन्, “सावित्रीले जुन प्रकारको साहस देखाइन्, त्यसैको प्रेरणामा हामीले पनि यो पर्वलाई विशेष मान्ने गर्छौं।”

पूजास्थलहरूमा स्थानीय युवाहरू स्वयंसेवकका रूपमा खटिएका थिए भने मन्दिर परिसर फूलमालाले सजाइएको थियो। वातावरण पूर्णतः भक्तिमय थियो—धूप, दीपको सुगन्ध, मन्त्रपाठ, घण्टी र भजनले मन्दिर वरपरको वातावरण शान्तिपूर्ण बनाएको थियो।

मन्दिर व्यवस्थापन समितिका अनुसार, सावित्री व्रतका अवसरमा विशेष सरसफाइ, भजन किर्तन, प्रसाद वितरण र आरतीको व्यवस्था गरिएको थियो। सुरक्षा व्यवस्था मिलाउन प्रहरी टोली पनि परिचालन गरिएको थियो।

बट सावित्री व्रत हिन्दू महिलाहरूका लागि श्रद्धा, समर्पण र नारी धर्मको प्रतीक पर्वका रूपमा मधेस क्षेत्रमा विशेष महत्वका साथ मनाउने चलन रहेको छ। यस पर्वले सामाजिक सद्भाव र पारिवारिक सम्बन्धलाई मजबुत बनाउने विश्वास महिलाहरूले व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८२ जेष्ठ १२, सोमबार १७:४७
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Next Post
नेपाल जेसीजका केन्द्रीय अध्यक्ष थापाको स्वागतसहित लहान शाखा भ्रमण तथा विमोचन कार्यक्रम सम्पन्न

बालविवाह र दाइजो प्रथा विरुद्ध अन्तरक्रिया

नेतृत्व विकासमा महिलाको उल्लेखनीय सहभागिता

Discussion about this post

ताजा समाचार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

सेवाग्राहीको पीडामाथि थप पीडा: नापी कार्यालयमा सेवाभन्दा सास्ती,प्रश्न गर्ने दुई पत्रकारलाई दुव्र्यवहार

२०८२ जेष्ठ १२, सोमबार १७:४७
लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

लहानमा आम जनता पार्टीको नगरस्तरीय भेला, चुनावी रणनीतिबारे गहिरो छलफल

२०८२ जेष्ठ १२, सोमबार १७:४७
जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

२०८२ जेष्ठ १२, सोमबार १७:४७
सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

२०८२ जेष्ठ १२, सोमबार १७:४७
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

२०८२ जेष्ठ १२, सोमबार १७:४७
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

२०८२ जेष्ठ १२, सोमबार १७:४७
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

लहान २२ बर्छवामा संचालित १५औँ पञ्चशील्ड फुटबल प्रतियोगिता सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.