![]()
महेश सिंह सिरहा- सगरमाथा माध्यमिक विद्यालय, ढोढोना बिरनगर, लहान–१५ मा अध्ययनरत कक्षा १ देखि ५ सम्मका दर्जनौं विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ।
शैक्षिक सत्र २०८१ मा अध्ययनरत विद्यार्थीहरूलाई छात्रा छात्रवृत्ति तथा दलित छात्रवृत्तिको रकम वितरण गरिएको हो। विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष तेज नारायण चौधरी र विद्यालयका प्रधानाध्यापकको हातबाट छात्रवृत्तिको रकम वितरण गरिएको विद्यालयले जनाएको छ।
छात्रवृत्तिबाट विद्यार्थीहरूको शैक्षिक प्रोत्साहन र सशक्तिकरण हुने विश्वास विद्यालयले लिएको छ। कार्यक्रममा वडाध्यक्ष चौधरीले दलित र पिछडिएको समुदायका बालबालिकालाई शिक्षामा आकर्षित गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए।














Discussion about this post