Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सलहेश फूलबारीमा ‘अम्बेडकर पार्क’ निर्माण हुँदै, धार्मिक पर्यटनमा नयाँ सम्भावना

महेश सिंह by महेश सिंह
२०८२ बैशाख १५, सोमबार २३:३०
सलहेश फूलबारीमा ‘अम्बेडकर पार्क’ निर्माण हुँदै, धार्मिक पर्यटनमा नयाँ सम्भावना

Loading

  महेश सिंह सिरहा- ऐतिहासिक धार्मिक स्थल सलहेश फूलबारी अब नयाँ परिचय पाउने तयारीमा छ। मधेस प्रदेश सरकारको ८० लाख रुपैयाँ लगानीमा यहाँ ‘अम्बेडकर पार्क’ निर्माण थालिएको छ। आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्दै सलहेश फूलबारी क्षेत्रको बहुआयामिक विकासको संकेत गर्नुभयो।

डिभिजन वन कार्यालयमार्फत असार १५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पार्क निर्माण कार्य अगाडि बढाइएको छ। पार्कमा बाबासाहेब डा. भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति र आकर्षक प्रवेशद्वार जस्ता संरचना बन्नेछन्।
मुख्यमन्त्री सिंहका अनुसार धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको सलहेश फूलबारीलाई व्यवस्थित गर्दै छिमेकी भारतका पर्यटकसमेत आकर्षित गर्ने लक्ष्यसहित मास्टर प्लान अन्तर्गत विकास गरिँदैछ। उनले भने, “अम्बेडकरजस्तो महान व्यक्तित्वको नाममा पार्क निर्माण हुँदा स्थानीय दलित समुदायका साथै अन्य नागरिकमा आत्मगौरव र प्रेरणा बढ्नेछ।”
पार्क निर्माणका लागि स्थानीय स्तरमा समेत सहयोग देखिएको छ। फूलबारीसँगै जोडिएको आफ्नो निजी १० घुर जग्गा दान गर्दै स्थानीय पुजारी जितेन्द्रदेव धामी (दनुवार) ले सहयोगी भूमिका निर्वाह गरेका छन्। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यो धार्मिक वन क्षेत्र जैविक विविधता संरक्षणसँगै पर्यटकीय आकर्षण बन्दै जाने अपेक्षा गरिएको छ।
सलहेश फूलबारीमा हरेक वर्ष वैशाख १ गते लाग्ने फूलबारी मेलामा नेपाल तथा भारतभरिबाट हजारौँ भक्तजन आउने गर्छन्। सो अवसरमा फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्छ।
बाबासाहेब डा. भीमराव अम्बेडकर भारतीय संविधानका मुख्य शिल्पी मात्र नभई दलित मुक्तिका लागि जीवनभर संघर्षरत एक महान मानवअधिकारकर्मी हुनुहुन्थ्यो। उहाँले जातीय भेदभाव विरुद्ध ऐतिहासिक पहल गर्दै सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिको अध्यक्षका रूपमा योगदान गर्नुभएको थियो।
लण्डन स्कुल अफ इकोनोमिक्सबाट ‘डाक्टर अफ अल साइन्स’ उपाधि हासिल गर्न सफल पहिलो व्यक्ति बन्नुका साथै, उहाँको सालिक लण्डनमा कार्ल माक्र्ससँगै राखिएको छ।
सन् २००४ मा कोलम्बिया विश्वविद्यालयले विश्वका सय प्रभावशाली विद्वान्हरूमध्ये अम्बेडकरलाई पहिलो स्थानमा राखेर सम्मानित गरेको थियो।
सलहेश फूलबारीमा बन्न लागेको अम्बेडकर पार्कले धार्मिक पर्यटन मात्र नभई सामाजिक समावेशीकरण र समानताको सन्देश प्रवाह गर्ने विश्वास लिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ बैशाख १५, सोमबार २३:३०
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ बैशाख १५, सोमबार २३:३०
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ बैशाख १५, सोमबार २३:३०
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ बैशाख १५, सोमबार २३:३०
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ बैशाख १५, सोमबार २३:३०
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ बैशाख १५, सोमबार २३:३०
Next Post
धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ बैशाख १५, सोमबार २३:३०
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ बैशाख १५, सोमबार २३:३०
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ बैशाख १५, सोमबार २३:३०
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ बैशाख १५, सोमबार २३:३०
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ बैशाख १५, सोमबार २३:३०
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८२ बैशाख १५, सोमबार २३:३०
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८२ बैशाख १५, सोमबार २३:३०
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ बैशाख १५, सोमबार २३:३०
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

२०८२ बैशाख १५, सोमबार २३:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.