Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सलहेश फूलबारीमा ‘अम्बेडकर पार्क’ निर्माण हुँदै, धार्मिक पर्यटनमा नयाँ सम्भावना

महेश सिंह by महेश सिंह
२०८२ बैशाख १५, सोमबार २३:३०
सलहेश फूलबारीमा ‘अम्बेडकर पार्क’ निर्माण हुँदै, धार्मिक पर्यटनमा नयाँ सम्भावना

Loading

  महेश सिंह सिरहा- ऐतिहासिक धार्मिक स्थल सलहेश फूलबारी अब नयाँ परिचय पाउने तयारीमा छ। मधेस प्रदेश सरकारको ८० लाख रुपैयाँ लगानीमा यहाँ ‘अम्बेडकर पार्क’ निर्माण थालिएको छ। आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्दै सलहेश फूलबारी क्षेत्रको बहुआयामिक विकासको संकेत गर्नुभयो।

डिभिजन वन कार्यालयमार्फत असार १५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पार्क निर्माण कार्य अगाडि बढाइएको छ। पार्कमा बाबासाहेब डा. भीमराव अम्बेडकरको पूर्णकदको शालिक, पानीको झरना, हात्तीको मूर्ति र आकर्षक प्रवेशद्वार जस्ता संरचना बन्नेछन्।
मुख्यमन्त्री सिंहका अनुसार धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेको सलहेश फूलबारीलाई व्यवस्थित गर्दै छिमेकी भारतका पर्यटकसमेत आकर्षित गर्ने लक्ष्यसहित मास्टर प्लान अन्तर्गत विकास गरिँदैछ। उनले भने, “अम्बेडकरजस्तो महान व्यक्तित्वको नाममा पार्क निर्माण हुँदा स्थानीय दलित समुदायका साथै अन्य नागरिकमा आत्मगौरव र प्रेरणा बढ्नेछ।”
पार्क निर्माणका लागि स्थानीय स्तरमा समेत सहयोग देखिएको छ। फूलबारीसँगै जोडिएको आफ्नो निजी १० घुर जग्गा दान गर्दै स्थानीय पुजारी जितेन्द्रदेव धामी (दनुवार) ले सहयोगी भूमिका निर्वाह गरेका छन्। करिब नौ बिघा क्षेत्रफलमा फैलिएको यो धार्मिक वन क्षेत्र जैविक विविधता संरक्षणसँगै पर्यटकीय आकर्षण बन्दै जाने अपेक्षा गरिएको छ।
सलहेश फूलबारीमा हरेक वर्ष वैशाख १ गते लाग्ने फूलबारी मेलामा नेपाल तथा भारतभरिबाट हजारौँ भक्तजन आउने गर्छन्। सो अवसरमा फुल्ने सुनाखरी फूल हेर्न र मन्दिरमा पूजापाठ गर्न श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्छ।
बाबासाहेब डा. भीमराव अम्बेडकर भारतीय संविधानका मुख्य शिल्पी मात्र नभई दलित मुक्तिका लागि जीवनभर संघर्षरत एक महान मानवअधिकारकर्मी हुनुहुन्थ्यो। उहाँले जातीय भेदभाव विरुद्ध ऐतिहासिक पहल गर्दै सन् १९४७ मा भारतीय संविधान मस्यौदा समितिको अध्यक्षका रूपमा योगदान गर्नुभएको थियो।
लण्डन स्कुल अफ इकोनोमिक्सबाट ‘डाक्टर अफ अल साइन्स’ उपाधि हासिल गर्न सफल पहिलो व्यक्ति बन्नुका साथै, उहाँको सालिक लण्डनमा कार्ल माक्र्ससँगै राखिएको छ।
सन् २००४ मा कोलम्बिया विश्वविद्यालयले विश्वका सय प्रभावशाली विद्वान्हरूमध्ये अम्बेडकरलाई पहिलो स्थानमा राखेर सम्मानित गरेको थियो।
सलहेश फूलबारीमा बन्न लागेको अम्बेडकर पार्कले धार्मिक पर्यटन मात्र नभई सामाजिक समावेशीकरण र समानताको सन्देश प्रवाह गर्ने विश्वास लिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ बैशाख १५, सोमबार २३:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ बैशाख १५, सोमबार २३:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ बैशाख १५, सोमबार २३:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ बैशाख १५, सोमबार २३:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ बैशाख १५, सोमबार २३:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ बैशाख १५, सोमबार २३:३०
Next Post
धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ बैशाख १५, सोमबार २३:३०
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ बैशाख १५, सोमबार २३:३०
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ बैशाख १५, सोमबार २३:३०
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ बैशाख १५, सोमबार २३:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.