Nepal BBC
Sunday, September 20, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दर्जनौं प्रकाशन छँदा किन केही सीमितका मात्र पुस्तक? प्याब्सन सिरहाको आपती

महेश सिंह by महेश सिंह
२०८२ बैशाख ५, शुक्रबार ०६:५६
दर्जनौं प्रकाशन छँदा किन केही सीमितका मात्र पुस्तक? प्याब्सन सिरहाको आपती

Loading

महेश सिंह लहान – सिरहा नगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एकरूप पाठ्यपुस्तक प्रयोग अनिवार्य गरेको छ। नगर शिक्षा समितिको चैत २८ गते बसेको बैठकको निर्णयअनुसार शैक्षिक गुणस्तरमा एकरूपता ल्याउने उद्देश्यले यस्तो व्यवस्था लागू गरिएको हो।
नगर कार्यपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनामा भनिएको छ, “शैक्षिक प्रणालीलाई प्रभावकारी र समान बनाउन पाठ्यपुस्तकको एकरूपता आवश्यक भएकाले सम्पूर्ण विद्यालयमा तोकिएको पाठ्यपुस्तक मात्र प्रयोग गर्नुपर्नेछ।”
निर्णयअनुसार कक्षा १ देखि १० सम्मका लागि नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान तथा सामाजिक अध्ययन विषयमा एकरूपता लागू गरिएको छ। सूचनाअनुसार, कक्षा १–५ का लागि ‘त्रिवेणी’ पब्लिकेशनको नेपाली पुस्तक र कक्षा ६–१० का लागि ‘जनक शिक्षा सामग्री केन्द्र’को पुस्तक प्रयोग गर्नुपर्नेछ। अङ्ग्रेजीमा ‘टाइम्स’, गणितमा ‘वेदान्त’, विज्ञानमा ‘विजय पब्लिकेशन’ र सामाजिक अध्ययनमा ‘हिङसोर’को पुस्तक लागू गरिएको छ।
शिक्षा शाखाले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक लगायत सबै सरोकारवालालाई निर्णय कार्यान्वयनमा सहकार्य गर्न आह्वान गरेको छ। नगर प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव द्वारा हस्ताक्षरित सूचनामा, तोकिएको मापदण्डअनुसार कक्षा सञ्चालन नगर्ने विद्यालयमाथि आवश्यक कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
तर, पुस्तक चयनमा पारदर्शिता नदेखिएको भन्दै निजी विद्यालय संगठन (प्याब्सन) सिरहाले भने आपत्ति जनाएको छ। प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले ‘कमिसन दिने प्रकाशन’का पुस्तक मात्र छनोट गरिएको आरोप लगाएका छन्।
“दर्जनौं प्रकाशनमध्ये कमिसन दिने प्रकाशनको मात्र पुस्तक लागू गरिएको छ,” उनले भने, “शिक्षा सुधार र एकरूपता भन्नुको नाममा आर्थिक प्रलोभन र चलखेलका आधारमा निर्णय गरिएको छ।”
चौधरीका अनुसार निर्णय नगर प्रमुख, शिक्षक, विद्यालय वा अभिभावकसँग कुनै परामर्श नगरी सताकाे अन्त्यमा हठात् सूचनामार्फत लादिएको छ।
नगर प्रमुख नवीन कुमार यादवसँग यसबारे बुझ्न पटकपटक प्रयास गर्दा फोन नउठाएको चौधरीको भनाइ छ। फोन उठे पनि उहाँको तर्फबाट अरू कसैले ‘कार्यक्रममा व्यस्त हुनुहुन्छ’ भन्दै पछि सम्पर्क गर्ने जानकारी दिएको तर पछि सम्पर्क नभएको चौधरीको दाबी छ। प्याब्सनले सूचनाको खारेजीको माग गर्दै आवश्यक परे आन्दोलनमा जानेसमेत चेतावनी दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
Next Post
जसपा नेपालको लहान नगर अध्यक्षमा महतो निर्वाचित

जसपा नेपालको लहान नगर अध्यक्षमा महतो निर्वाचित

संघीयता र समाजवादको यात्रामा जसपा, सिरहामा प्रथम जिल्ला अधिवेशन जारी

संघीयता र समाजवादको यात्रामा जसपा, सिरहामा प्रथम जिल्ला अधिवेशन जारी

मुलुक हौवा पिटदै छन् : जसपा नेपाल उपाध्यक्ष यादव

मुलुक हौवा पिटदै छन् : जसपा नेपाल उपाध्यक्ष यादव

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ बैशाख ५, शुक्रबार ०६:५६
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ बैशाख ५, शुक्रबार ०६:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.