Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ चैत्र १९, मंगलवार ०७:३९
ग्रामीण महिलाको आर्थिक सशक्तिकरणतर्फ सार्वजनिक सुनुवाइ सम्पन्न

Loading

महेश सिंह लहान, सिरहा – सिरहाको कर्जन्हा नगरपालिकाको बन्दीपुरमा ग्रामीण महिलाहरूको आर्थिक सशक्तिकरण तथा उनीहरूको अधिकार पहिचान गर्न आयोजित एकदिने सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। संयुक्त राष्ट्रसंघीय निकायहरूको सहकार्यमा दिदीबहिनी संस्थाले आयोजना गरेको उक्त कार्यक्रममा करिब ५५ जना ग्रामीण महिला कृषकहरूको सहभागिता रहेको संस्थाका परियोजना अधिकृत विपिन आर्यालले जानकारी दिए।
कार्यक्रम संयुक्त राष्ट्रसंघीय महिला संगठन (UN Women), खाद्य तथा कृषि संगठन (FAO), अन्तर्राष्ट्रिय कृषि विकास कोष (IFAD) र विश्व खाद्य कार्यक्रम (WFP) को समन्वय तथा सहकार्यमा सञ्चालित थियो। सिरहा र सप्तरीका विभिन्न गाउँपालिकामा लागू गरिएको यो परियोजनाले ग्रामीण महिलाहरूको आर्थिक उत्थानमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।
कार्यक्रम नगर प्रमुख भोला पोखरेलको अध्यक्षतामा सुरु भएको थियो। नगर उप-प्रमुख लक्ष्मी श्रेष्ठ, वडा अध्यक्षहरू, कृषि तथा बालबालिका शाखाका प्रमुख, पशु शाखाका प्रमुखलगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको आयोजक संस्थाका अनुगमन तथा मूल्याङ्कन अधिकृत अनु पोखरेलले बताइन्।
कार्यक्रमका प्रमुख सहजीकरणकर्ता वरिष्ठ लेखक तथा अनुसन्धानकर्ता रिता साहले ग्रामीण महिला कृषकहरूको भूमिकाबारे प्रकाश पार्दै व्यावसायिक खेतीको आवश्यकता र चुनौतीबारे छलफल गरिन्। उनले भनिन्, “नेपाल कृषि प्रधान देश हो तर महिला किसानहरू सिँचाइ, मल-खाद आपूर्ति, विद्युत् सेवा र उचित बजार पहुँचबाट वञ्चित छन्। यी मुद्दा राज्यका लागि प्राथमिक हुनुपर्छ।”
सुनुवाइ कार्यक्रममा सहभागी महिला कृषकहरूले आफ्नो अनुभव र समस्या प्रस्तुत गरे। वडा नं. ५ का राज देवी समूहकी सलिता देवी साह र अनिता साहले सीपमूलक तालिमको आवश्यकता रहेको बताए। स्थानीय समूहकी सदस्य असलानी सदायले मल-खाद तथा सिँचाइ अभावका कारण समयमा लगाइएको बालीसमेत नष्ट हुने गुनासो गरिन्।
त्यस्तै, बिनिता कुमारी साहले स्थानीय सरकारसँग सार्वजनिक भवनको माग गर्दै किसानहरूको समस्या सुन्न कोही तयार नभएको आरोप लगाइन्। उनले भनिन्, “किसानहरूको समस्या कहिल्यै समाधान हुँदैन। राज्यले कृषिलाई प्राथमिकता दिएर ठोस योजना ल्याउनुपर्छ।”
नगर प्रमुख भोला पोखरेलले किसानहरूको गुनासोलाई गम्भीरतापूर्वक लिइने बताउँदै कृषि क्षेत्रमा सुधार गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। उनले भने, “हामीले स्थानीय स्तरमा कृषकका लागि कार्यविधि तयार गरेका छौँ। दक्ष जनशक्तिको अभावका कारण काम ढिला भए पनि छिट्टै कृषि ऐन निर्माण गरेर कृषि विकासको नमूना प्रस्तुत गर्ने योजना छ।”
पालिका प्रमुखले कृषकहरूलाई व्यवसायिक खेतीतर्फ प्रोत्साहित गर्न नगरपालिकामा रहेका १२ समूहहरूसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
दिदीबहिनी संस्थाकी प्रतिनिधि रिता साहले ग्रामीण महिलाहरूको सशक्तिकरण तथा उनीहरूको पहुँच सुनिश्चित गर्न संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। “महिला कृषकहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउन सहजीकरण गर्नुपर्छ। उनीहरूको योगदानलाई सम्बोधन गरेर आर्थिक सशक्तिकरणमा टेवा पुर्‍याउने हाम्रो लक्ष्य हो,” उनले भनिन्।
सुनुवाइ कार्यक्रममा किसानहरूले मल-खाद आपूर्ति, सिँचाइ सुविधा, व्यवसायिक खेती तालिम तथा उत्पादनको उचित बजार व्यवस्थापनका विषयमा आफ्ना गुनासा राखेका थिए। स्थानीय सरकार, कृषि विभागका अधिकारी तथा महिला कृषकहरूको उपस्थिति रहेको कार्यक्रमले किसानहरूको समस्या सम्बोधन गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिने अपेक्षा गरिएको छ।
फिल्ड म्यानेजर खरभुजन साहका अनुसार ग्रामीण भेगमा यस्ता कार्यक्रम सञ्चालन हुँदा गरिब, दलित तथा सीमान्तकृत समुदायका महिला किसानहरूको जीवनयापनमा सकारात्मक परिवर्तन देखिएको छ। स्थानीयहरूका अनुसार महिला सशक्तिकरण तथा आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम देशभर सञ्चालन गर्न आवश्यक छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र १९, मंगलवार ०७:३९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र १९, मंगलवार ०७:३९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र १९, मंगलवार ०७:३९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र १९, मंगलवार ०७:३९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र १९, मंगलवार ०७:३९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र १९, मंगलवार ०७:३९
Next Post
स्थानीय योजना तर्जुमा प्रक्रियामा किसानहरूको आवाज बुलन्द

स्थानीय योजना तर्जुमा प्रक्रियामा किसानहरूको आवाज बुलन्द

सिरहाका जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवका पिताको निधन

सिरहाका जसपा नेपालका जिल्ला अध्यक्ष अशोक यादवका पिताको निधन

विद्यालयमा विभेदपूर्ण सम्मान?

विद्यालयमा विभेदपूर्ण सम्मान?

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ चैत्र १९, मंगलवार ०७:३९
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ चैत्र १९, मंगलवार ०७:३९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ चैत्र १९, मंगलवार ०७:३९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ चैत्र १९, मंगलवार ०७:३९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.