![]()
महेश सिंह सिरहा –पूर्व गाविस अध्यक्ष तथा समाजसेवी हिराई महतोको ८५ वर्षको उमेरमा निधन भएको छ। सिरहाको बरियारपट्टी गाउँपालिका–२, खोकसी जानकीनगरस्थित आफ्नै निवासमा आइतबार राति करिब १२:३० बजे उहाँको निधन भएको हो।
महतो तत्कालीन जानकीनगर गाविसको अध्यक्षमा लगातार चार पटक निर्वाचित भएका थिए। उहाँ पंचायती कालका चर्चित नेता तथा इमानदार समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले गाउँ नै शोकमग्न बनेको छ।
परिवारका सदस्य डा. मिथिलेश कुमार सिंहका अनुसार आइतबार दिउँसो सामान्य रुघाखोकी लागेको भए पनि राति अचानक स्वास्थ्य अवस्था बिग्रँदा घरमै उपचारका क्रममा उहाँको निधन भएको हो।
चार छोरा र एक छोरी रहेका महतोको अन्त्येष्टि सोमबार दिउँसो १ बजे स्थानीय त्रिशुला नदीमा गरिने भएको छ। पारिवारिक स्रोतका अनुसार जेठा छोरा रामवृक्ष महतोले दागबत्ती दिनेछन्।
समाजसेवा र विकास निर्माणमा सक्रिय महतोको निधनले सिरहाका स्थानीय राजनीतिक र सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।














Discussion about this post