Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

खडक नगरपालिकामा ‘नगर साक्षरता अभियान’ सुरु, पुर्व प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १७, शनिबार १०:२०
खडक नगरपालिकामा ‘नगर साक्षरता अभियान’ सुरु, पुर्व प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

Loading

महेश सिंह लहान – सप्तरीको खडक नगरपालिकाले नगरलाई पूर्ण साक्षर बनाउने लक्ष्यसहित ‘नगर साक्षरता अभियान’ सुरु गरेको छ। खडक नगरपालिका वडा नम्बर ११, बनौलीमा आयोजित विशेष समारोहमा नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा औपचारिक रूपमा अभियानको उद्घाटन गरिएको समाजसेवी राधेश्याम रामले बताए।


नगर प्रमुख जयप्रकाश चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले नगरपालिकालाई ‘साक्षर नगरपालिका’ घोषणा गर्दै साक्षरता अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरे। उनले शिक्षालाई समाजवाद उन्मुख विकासको आधार मान्दै स्थानीय सरकारको नेतृत्वमा साक्षर नगर बनाउने अभियान ऐतिहासिक कदम भएको उल्लेख गरे।


नगरपालिकाले आगामी तीन वर्षभित्र नगर क्षेत्रका सबै नागरिकलाई आधारभूत शिक्षा प्रदान गर्ने लक्ष्य लिएको छ। यस अवधिमा विद्यालय बाहिर रहेका बालबालिका, निरक्षर युवा तथा वयस्कहरूलाई शिक्षाको दायरामा ल्याइने नगरपालिकाले जनाएको छ।
साक्षरता अभियानसँगै नगरपालिकाले पूर्वाधार विकास तथा सामाजिक रूपान्तरणलाई केन्द्रबिन्दुमा राख्दै ‘नगर निर्माण अभियान’ पनि अघि बढाएको छ। नगरपालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी, युवा तथा विभिन्न संघसंस्थाहरूको सहभागितामा अभियानको शुभारम्भ गरिएको हो।


नगर प्रमुख चौधरीले नगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै अभियान सञ्चालन गरेको बताए। उनले भने, “साक्षरता अभियान मात्र होइन, हाम्रो लक्ष्य नगरलाई समग्र रूपमा विकसित बनाउने हो। सबै नागरिकलाई शिक्षित बनाउनु समाजवाद उन्मुख नगर निर्माणको आधार हो।”
नगरपालिकाले संविधानअनुसार शिक्षा ऐन पूर्ण रूपमा लागू गर्ने बताएको छ। यदि कोही पनि आधारभूत शिक्षा पाउनबाट वञ्चित भएमा कानुनी कारबाही अघि बढाउन सकिने चेतावनी नगरपालिकाले दिएको छ।
कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अग्नि सापकोटा, देव गुरुङ, गिरिराजमणि पोखरेल लगायतका नेताहरूको उपस्थिति थियो। उनीहरूले शिक्षालाई राज्यको प्रमुख प्राथमिकतामा राख्नुपर्ने भन्दै नगर साक्षरता अभियानमा स्थानीय सरकारको नेतृत्व महत्वपूर्ण हुने धारणा राखे।


कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दिपेश कुमार झाले स्वागत मन्तव्य राखेका थिए भने शिक्षा शाखा प्रमुख यादवले साक्षरता अभियानको कार्यान्वयनबारे जानकारी दिएका थिए।
नगर साक्षरता अभियानलाई सफल बनाउन विभिन्न संघसंस्थाहरूको सहकार्यमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। कार्यक्रममा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो।
नगरपालिकाले सुरू गरेको अभियानलाई सफल बनाउन स्थानीय तहका जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी तथा विभिन्न संघसंस्थाले सहकार्य गरिरहेका छन्। उद्घाटन कार्यक्रममा करिब एक हजार भन्दा बढी व्यक्ति सहभागी रहेको शिक्षा अधिकृत बिरेन्द्र कुमार यादवले जनाए।


अभियानको समन्वय खडक नगरपालिका युवा सञ्जाल, कल्याणपुर तथा साझेदारी सेवल नेपाल र सेभ द चिल्ड्रेनले गरेका थिए। नगरपालिकाले ‘समाजवाद उन्मुख आधार निर्माण’ भन्ने नारासहित अभियान अघि बढाउने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८१ फाल्गुन १७, शनिबार १०:२०
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ फाल्गुन १७, शनिबार १०:२०
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८१ फाल्गुन १७, शनिबार १०:२०
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८१ फाल्गुन १७, शनिबार १०:२०
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८१ फाल्गुन १७, शनिबार १०:२०
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८१ फाल्गुन १७, शनिबार १०:२०
Next Post
लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लहानमा खेलकुद महोत्सव: उत्कृष्ट खेलाडीलाई नगदसहित सम्मान

लक्ष्मण ललिता माविको स्वर्ण जयन्ती तयारी अन्तिम चरणमा

लक्ष्मण ललिता माविको स्वर्ण जयन्ती तयारी अन्तिम चरणमा

राजबिराजको स्याउ गोदामभित्र गाँजाको ‘स्टक’: प्रशासनको छापा

राजबिराजको स्याउ गोदामभित्र गाँजाको ‘स्टक’: प्रशासनको छापा

Discussion about this post

ताजा समाचार

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८१ फाल्गुन १७, शनिबार १०:२०
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ फाल्गुन १७, शनिबार १०:२०
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८१ फाल्गुन १७, शनिबार १०:२०
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८१ फाल्गुन १७, शनिबार १०:२०
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८१ फाल्गुन १७, शनिबार १०:२०
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८१ फाल्गुन १७, शनिबार १०:२०
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८१ फाल्गुन १७, शनिबार १०:२०
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८१ फाल्गुन १७, शनिबार १०:२०
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ फाल्गुन १७, शनिबार १०:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...