![]()

महेश सिंह लहान–बिहीबार राति शुक्रबार बिहान २:५२ बजे सिरहा, सप्तरी,उदयपुर लगायत नेपालका विभिन्न जिल्लामा ५.१ म्याग्ने च्युड धक्का महसुस गरिएको छ। रातिको समय भएको कारण अधिकांश मानिसहरू गहिरो निन्द्रामा थिए, तर एक्कासी कम्पन महसुस भएपछि त्रसित हुँदै घर बाहिर निस्किन पुगे।

प्राप्त प्रारम्भिक जानकारी अनुसार, भूकम्पको केन्द्रबिन्दु र मापन सम्बन्धी आधिकारिक विवरण अझै आउन बाँकी छ। स्थानीयवासीहरूका अनुसार, भूकम्पको धक्का केही सेकेन्डसम्म महसुस गरिएको थियो।

नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र मानिन्छ, जहाँ यसअघि पनि विभिन्न समयमा ठूलो क्षति पुर्याउने भूकम्पहरू गएका छन्। निरन्तर साना वा मध्यम पराकम्पनहरू आउने क्रमले नागरिकहरूलाई सचेत रहन आवश्यक बनाएको छ।















Discussion about this post