Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोलबजारमा मुक्ति नेपालको अभियान : बाल विवाह र हिंसा अन्त्यमा जोड

महेश सिंह by महेश सिंह
२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
गोलबजारमा मुक्ति नेपालको अभियान : बाल विवाह र हिंसा अन्त्यमा जोड

Loading

महेश सिंह ,लहान – बाल विवाह, लैङ्गिक हिंसा र समाजमा व्याप्त हानिकारक परम्परागत अभ्यासविरुद्ध गोलबजारमा ‘मुक्ति नेपाल’ सक्रिय छ। महिला सशक्तिकरण र शान्ति स्थापनाका लागि विभिन्न अभियान चलाउँदै आएको संस्थाले समुदायमा चेतना जगाउनेदेखि हिंसा प्रभावितलाई संरक्षणसम्मको जिम्मेवारी निभाइरहेको छ।बाल विवाह अन्त्यका लागि तीन वर्षदेखि गोलबजारका विभिन्न वडामा किशोरी सशक्तिकरण अभियान सञ्चालन भइरहेको छ। किशोरी समूह, बाल क्लब र किशोरी सञ्जाल गठन गर्दै चेतनामूलक कार्यक्रम, अभिमुखीकरण, सीपमूलक तालिम तथा सडक नाटकमार्फत सचेतना फैलाइएको छ।

“किशोरीहरूलाई शिक्षाको पहुँचमा ल्याउनुका साथै आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिइरहेका छौँ,” मुक्तिका अध्यक्ष देवकुमारी महरा भन्छिन्, “बाल विवाह, घरेलु हिंसा र लैङ्गिक विभेदविरुद्ध किशोरीहरूको संगठित आवाज बुलन्द बनाउँदै छौँ।
सिरहा जिल्लाका चार पालिकामा २०२४ को जनवरीदेखि डिसेम्बरसम्म १८३ वटा हिंसाका घटना दर्ता भएका छन्। घरेलु हिंसाका ५४ घटना दर्ता भएका छन् भने बाल विवाह ३७, महिला हिंसा ३३, झैझगडा २१, मानसिक यातना ७, बलात्कार ४, यौन शोषण ४, आत्महत्या २ र हत्या २ वटा घटना रिपोर्ट भएका छन्।

पीडितमध्ये ९६ जना श्रीमान्कै हिंसामा परेका छन्। २२ जना सासुबाट, २० जना बुवाबाट, १८ जना छिमेकीबाट, ७ जना छोरा-बुहारीबाट, ५ जना ससुरा र ५ जना साथीबाट हिंसामा परेका छन्।
मुक्ति नेपालद्वारा सञ्चालित सुरक्षावासमा २०२४ मा ३६ जनाले सेवा लिएका छन्। तीमध्ये २२ जना घरेलु हिंसाका पीडित छन्। जबरजस्ती करणीका ३, बलपूर्वक विवाहका १, बहुविवाहका ७ र यौन हिंसाका १ जना सुरक्षावासमा बसेका छन्।

सुरक्षावास पुगेकामध्ये १४ जना प्रहरीमार्फत, १० जना परिवारबाट, ६ जना संघसंस्थाबाट र ६ जना स्वयम् पुगेका हुन्। मुक्ति नेपालले ६ जना हिंसा प्रभावितलाई दीर्घकालीन पुनर्स्थापनाका लागि काठमाडौँ तथा अन्य संस्थामा पठाएको छ भने १० जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको छ।
हिंसा, आत्महत्या, जातीय भेदभाव र लैङ्गिक हिंसा रोक्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा मुक्तिका अध्यक्ष महराले जोड दिइन्। “सरकार, स्थानीय निकाय, प्रहरी प्रशासन र सामाजिक अभियन्ताहरूबीच समन्वय अझै बलियो हुनुपर्छ,” उनले भनिन्, “हामी हिंसा अन्त्यका लागि सहकार्य गर्न तयार छौँ।”
आगामी ८ मार्च, अन्तर्राष्ट्रिय महिला दिवसलाई लक्षित गर्दै हिंसाविरुद्ध थप प्रभावकारी रणनीति बनाउने योजना रहेको संस्थाले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
Next Post
सिरहा लगायत नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का

सिरहा लगायत नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का

सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र सञ्चालन

सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र सञ्चालन

नवराजपुरका शोकमग्न परिवारलाई सहास परियोजनाको सहारा

नवराजपुरका शोकमग्न परिवारलाई सहास परियोजनाको सहारा

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८१ फाल्गुन १५, बिहीबार ०७:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...