लहानमा ४ वटा लायन्स कल्बको संयुक्तरूपमा पदस्थापना सम्पन्न भएको छ।मानव सेवाका लागी संचालनमा रहेको लायन्स कल्ब ईन्टरनेशनल अन्तर्गत पर्ने लायन्स क्लब अफ लहान सिटी, लायन्स क्लवक लहान सनसाइन,लहान लायन्स क्लव अफ मिर्चेया सिटी र लायन्स क्लव अफ धनगढ़ी माई,लगायत ४ वटा क्लवहरूको संयुक्त इन्डक्सन तथा इन्स्टलेशन कार्यक्रम लहानमा सम्पन्न भएको छ्।
लायन्स क्लव अफ लहान सिटीका अध्यक्ष उमेश कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा गर्भनर मुरारी लाल मुरारका र शंकर कुमार सारडा रहनु भएको थियोे। कार्यक्रमको बिशिस्ट अतिथिमा लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरी धनगढीमाई नगरपालिका मेयर शिवशंकर महतो रहनु भएको उज्ज्वल साहले जनाए।
अतिथिहरुमा लहान रेडक्रस उप-सखाका सभापति फुलेश्वर महतो,सिटी जेसिसका अध्यक्ष उमेश कुमार यादव, स्कुल अफ स्कोलर्सका संस्थापक सदस्य राकेश झा लायन्स कल्ब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ता,एभरेस्ट कलेजका प्रीन्सिपल धर्निधर अधिकारी,प्राध्यापक चक्रपानी दहाल,जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष बिकास सारडा,मेरि चिल्ड्रेन स्कुलका संस्थापक पाण्डब हमाल ठकुरी नेपाल पत्रकार महासंघका सभापति मनोज बनैता वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता गोरखापत्रका लहान सम्बादाता जिबछ उदासी पत्रकार फिरोज सिद्धिकी फिरोज सेख,महेश सिंह लगायतका अतिथिहरुको उपस्थित रहेको निबर्तमान अध्यक्ष उमेश साहले जनाए।
उक्त पदस्थापनाबाट नयाँ अध्यक्षको जिम्मेवारी संगिता चौधरी उज्ज्वल साह लगायत ब्यक्तीलाई नयाँ जिम्मेवारी दिएको राकेश झाले जानकारी दिनु भयो। जहाँ समाज छैन त्यहाँ समाज निर्माण गर्ने गरेको छ।सेवा गर्ने हातहरुको खाचो रहेको छ। समाजलाई चिन्ने मौका र सेवा रहेको भन्दै विभिन्न बिदुवानहरु तर्क दिएका थिए शंकर कुमार सारडा,डा.सुभाष घिमिरे प्राकृतिक बिपतबाट पीडित ब्यक्तीहरुको सहयोगको लागी कलब सहयोग गर्न तयार रहेको जनाए। लायन्स कल्बले सिरहा लहानमा विभिन्न समाजिक कार्य गर्दै उदाहरण बनेका छन्।
Discussion about this post