समाजिक उतरदायित्व अन्तर्गत डिप्रोक्स लघुबित बितिय संस्थाले समाजमा रहेका अतिबिपन्न गरिब दलित अनाथ बालबालिकाहरुलाई स्कुलको पहुँचबाट टाडा रहेका र उक्त विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको अभावले शिक्षाको पहुँचबाट बन्चित रहेका बालबालिका र दलित गरिब वृद्ध वृद्धाहरुलाई समाजिक रुपान्तरणको लागी र भुमीहिन सुकुम्बासी र आय स्तर कमजोर रहेका परिवारलाई डिप्रोक्स लघुबित बितिय संस्थाले बिना धितो ऋण लगानी गरी आय स्तर सुधारका लागी ऋण प्रवाह गरेका छन् ।
आर्थिक समपन्ताको लागी अभियानमा लागेका बितिय संस्थाले सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ११ सितापुर स्थित रहेको जनता माध्यमिक बिधालयमा कक्षा २ मा अध्ययनरत अतिबिपन्न चन्दन कुमार महरालाई स्कुल र वडा कार्यालयको सिफारिसमा बितिय संस्थाले छात्रवृत्ति स्वरुप नगद रु. २५०० पचिस सयको चेक विद्यार्थीको अभिभावक अनिता कुमारी मोचीलाई स्कुलका प्राध्यापक वृद्धि चन्द्र यादव,वडा अध्यक्ष चन्द्र दिप यादव बिधालय ब्यवस्थापन समितिका अध्यक्ष बुधन मण्डल लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थित र शिक्षक शिक्षिकाहरुको रोहबरमा चोहर्वा शाखाको प्रबन्धक बिनोद कुमार महतोले चेक हस्तान्तरण गरेका छन्।
बच्चा जन्मेको केहि महिना पछी चन्द्र दीप महराको बुवा रंजित कुमार महरा १० बर्ष अगाडी घरबाट सम्पर्क बिहिन रहेका छन्।आर्थिक अवस्था कमजोर रहेको समुदायलाई आर्थिक अवस्था सुधारन समाजमा अहम भुमिका निर्वाह गर्दै आएका कनिष्ठ कार्यक्रम सहायक सुगम मगरले जानकारी दिनु भयो। उक्त संस्थाका देश भरीमा १५८ वटा शाखा रहेका छन् भने २०५७ सालमा पौष २८ गते स्थापना भई निरन्तर समाजलाई आर्थिक रुपान्तरणको अभियान र नेपाललाई समृद्ध बनाउन लागेका हुन्।
Discussion about this post