Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कैलाली र कञ्चनपुरमा दुर्घटनाको कारक बन्दै छाडा पशु चौपाया : तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार १६:५३
कैलाली र कञ्चनपुरमा दुर्घटनाको कारक बन्दै छाडा पशु चौपाया : तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

Loading

धनगढी, १२ भदौ:

कैलाली र कञ्चनपुरमा छाडा पशु चौपाया सवारी दुर्घटनाको प्रमुख कारण बन्न थालेका छन् ।घरबाट छोडिएका पशु चौपाया सडकमा आउँदा त्यसले सवारी दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाई छ । ‘छाडा पशु चौपायालाई किसानले गाउँमा पस्नै दिँदैनन्,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कौललीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंहले भने, ‘किसानले लखेटेका चौपाया जंगलि जनावरबाट बच्न सडकमा आउने र त्यसले सवारी दुर्घटना हुने गरेको छ ।’ स्थानीय निकायले पशु चौपाया व्यवस्थापनमा ध्यान नदिँदा यस्तो समस्या भएको उनको भनाई छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गत वर्ष कैलालीमा छाडा पशु चौपायका कारण ३७ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । पशु चौपायाका कारण भएको सवारी दुर्घटनामा गत वर्ष २८ चौपायाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिपेन्द्र पालले बताए । उनका अनुसार गत वर्ष पशु चौपायासँग सवारी ठोकिँदा ४२ मानिस र ९ पशु चौपाया घाइते भएका थिए ।

पशु चौपायका कारण रातिको समयमा बढी सवारी दुर्घटना हुने गरेको सूचना अधिकारी पालले बताए । ‘दिउँसो जंगलमा गएका चौपाया पनि रातको समयमा सडकमा आउने गरेको देखिएको छ,’ सूचना अधिकारी पालले भने, ‘सवारीको गति पनि राति नै बढी हुन्छ, चौपाया नदेखेर वा नजिकै पुगेपछि मात्रै चौपाया देख्दा सवारी रोक्न नसकेर दुर्घटना हुने गरेको छ ।’

स्थानीय जनप्रतिनीधि भने छाडा पशु चौपायाको समस्या समाधानका लागि कैलाली, कञ्चनपुरका सबै पालिकाले साझा धारणा बनाउनु आवश्यक रहेको बताउँछन् । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले छाडा पशु चौपाया व्यवस्थापनका लागि सामुहिक प्रयास अपरिहार्य रहेको बताए । ‘हिजोका जनप्रतिनीधिले पनि छाडा पशु चाैपाया व्यवस्थापनका नाममा लाखैँं खर्च गरेकै थिए,’ मेयर हमालले भने, ‘तर त्यको परिणाम देखाउन सकेनन्, अहिले पनि सवैले बजेट छुट्याएकै होलान्, तर सामुहिक प्रयास नगरी यो समस्या समाधान हुन सक्दैन ।’ जिल्ला समन्वय समिति कैलालीको बैठकमा पनि छाडा पशु चौपायालाई व्यवस्थापनका लागि संयुक्त प्रयास गर्नुपर्ने सुझाव दिएको मेयर हमालले बताए ।

‘स्थानीय तहले विगत देखिनै छुट्टाछुट्टै रुपमा पशु चौपायाको व्यवस्थापनका लागि काम गर्दै आएका छन्,’ कैलालीको गौरिगंगा नगरपालिकाका मेयर देविदत्त कडेलले भने, ‘तर एउटा पालिकाले पशु चौपाया नियन्त्रण गर्न जति प्रयास गरेपनि त्यो सार्थक भएको देखिएको छैन, कैलाली कञ्चनपुरका २१ वटै पालिकाले संयुक्त काम गरे मात्रै यसको दिगो व्यवस्थापन हुन सक्दछ ।’

छाडा पशु चौपायको विषयमा जिल्ला समन्वय समिति कैलालीको बैठकमा पनि कुरा उठेको उनले बताए । ‘शुक्रबार बसेको पालिका स्तरिय जिल्ला समन्वय बैठकमा पनि यो कुरा उठेको छ,’ उनले भने, ‘सवै पालिकामा एउटा÷एउटा काञ्जिहाउस निर्माण गरेर जाने भन्ने निर्णय पनि भएको छ, तर त्यसका लागि बजेट अभाव रहेको छ ।’

छाडा पशु चौपाया व्यवस्थापनका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्नुपर्ने उनको भनाई छ । ‘यहाँ मन्दिर बनाउन करोडौं खर्च भइरहेको छ,’ उनले भने, ‘त्यो पैसा छाडा पशु चौपायमा लगानी गरेको भए यो समस्या विकराल बन्ने थिएन होला तर प्रदेश सरकारको त्यती ध्यान गएको देखिदैन ।’

गौरिगंगा नगरपालिकामा मात्रै कम्तिमा ११÷ १२ सय छाडा चौपाया रहेका उनले बताए । तत्कालका लागि ती चौपाया व्यवस्थापन गर्न दुई वटा काञ्जिहाउस निर्माण गरिन थालिएको उनि बताउँछन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा भने छाडा चौपाया व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको बताए । तत्कालका लागि दुई वडा सामुदायिक बनसंग समन्वय गरेर काञ्जिहाउस निर्माण गरिएको बताउँदै उनले ती काञ्जिहाउस व्यवस्थापनका लागि दुई÷दुई विघाह जमिनमा घाँस लगाउने तयारी भइरहेका बताए । मेयर ओझाले छाडा पशुचौपाया व्यवस्थापनका लागि वडा स्तरबाटै घर पालुवा र छाडा पशुमा ट्याग लगाउने तयारी भइरहेको बताए । ट्याग लगाएपछि कस्ले छाडा चौपाया छोड्यो भन्ने जानकारी हुने बताउँदै उनले भने, ‘आफुले पालेका चौपाया छोड्ने घरवालालाई कारवाही गर्ने छौं ।’

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा भने पशु चौपाया व्यवस्थापनका लागि कैलाली कञ्चनपुकै संयुक्त पहल आवश्यक रहेको बताउँछन् । अहिले कञ्चनपुरका पालिकाले आ–आफ्नै तरिकाले छाडा पशु चौपायाको व्यवस्थापन गरिरहेका भएपनि उक्त प्रयास सफल हुन नसकेको बताउँदै उनले सवै पालिकाले सहकार्य गरेमा समस्या केही हद सम्म समाधान हुने बताए । छाडा पशु चौपाया व्यवस्थापनको साझा धारणा बनाउन जिसस कैलाली संगपनि छलफल भइरहेको उनलेब ताए ।

तीन वर्षमा ६९ दुर्घटना, ६ जनाको मृत्यु

धनगढी । कैलाली कञ्चनपुरमा छाडा पशु चौपायाका कारण तीन वर्षमा ६९ सवारी दुर्घटना हुँदा ६ मानिस र ५७ चौपाया मरेका छन् । तीन बर्षमा छाडा चौपायाका कारण भएको दुर्घटनामा ८२ मानिस र १५ चौपाया घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक बर्ष २०७६/०७७ मा चौपायका कारण १० वटा सवारी दुर्घटना भएका थिए । सो बर्ष भएका दुर्घटनामा परी ७ चौपाया मरेका थिए भने १० मानिस घाइते भएका थिए ।

आर्थिक बर्ष २०७७/०७८ मा छाडा चौपायका कारण १८ सवारी दुर्घटना हुँदा २ मानिस, १७ चौपाया मरेका थिए भने, २५ मानिस र १ चौपाया घाइते भएका थिए ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपेन्द्र पालका अनुसार गत आर्थिक बर्षमा पशु चौपायाका कारण ३७ सवारी दुर्घटना हुँदा ३ मानिस र १८ चौपायाको मृत्यु भएको छ । गत आर्थिक बर्षमा भएका दुर्घटनामा परी ४२ मानिस र ९ चौपाया घाइते भएको उनले बताए । चालु आर्थिक बर्षको साउनमा मात्रै पशुचौपाया संग ठोक्किएर ४ सवारी दुर्घटनामा परेका छन् । सो दुर्घटनामा परी १ मानिस र ५ चौपाया मरेका छन्, भने ५ मानिस र २ चौपाया घाइते भएका छन् ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १२, आईतवार १६:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १२, आईतवार १६:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १२, आईतवार १६:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १२, आईतवार १६:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १२, आईतवार १६:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १२, आईतवार १६:५३
Next Post
नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्याराग्लाइडिङ खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुदलाई लक्षित गरी प्याराग्लाइडिङ खेलाडी छनोट

भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी

भारतसँगको अन्तिम तथा तेस्रो टी–२० क्रिकेटमा घरेलु टोली इङ्ल्यान्ड १७ रनले विजयी

शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क, कुन उपचारमा कस्तो सुविधा

शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क, कुन उपचारमा कस्तो सुविधा

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र १२, आईतवार १६:५३
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ भाद्र १२, आईतवार १६:५३
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ भाद्र १२, आईतवार १६:५३
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ भाद्र १२, आईतवार १६:५३
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र १२, आईतवार १६:५३
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र १२, आईतवार १६:५३
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ भाद्र १२, आईतवार १६:५३
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ भाद्र १२, आईतवार १६:५३
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ भाद्र १२, आईतवार १६:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.