Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क, कुन उपचारमा कस्तो सुविधा

महेश सिंह by महेश सिंह
२०७९ भाद्र १२, आईतवार १७:००
शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क, कुन उपचारमा कस्तो सुविधा

Loading

काठमाडौँ-राजधानीको पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र शाखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीलाई निःशुल्क तथा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको नगर प्रमुख रमेश नापितले बताउनुभयो ।

अस्पतालमा उपलब्ध सेवामध्ये सात स्वास्थ्य सेवा पूर्णरुपमा निःशूल्क र ११ स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशत छुट हुनेगरी समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख नापित र अस्पतालको तर्फबाट निर्देशक डा.सन्तोषबिक्रम भण्डारीबीच नगरपालिकाको कार्यालयमा हस्ताक्षर भएको नगर प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

यो सेवा आजैदेखि सुरु भएको उहाँले सुनाउनुभयो । समझदारी पत्रमा हस्ताक्षर गरेपछि नगरप्रमुख नापितले निर्वाचनका बेला आफूले गरेको प्रतिबद्धता कार्यान्वयन भएको बताउँदै नगरवासीको सेवामा नगरपालिका दत्तचित्त भएर लागिपरेको सुनाउनुभयो । न्यून आम्दानी भएका र सामान्य स्वास्थ्य सेवा लिनबाट समेत बञ्चित भएका नगरवासी सम्झौताबाट लाभान्वित हुनेछन् । कोही पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित नहोउन् भन्नेमा नगरपालिका संवेदनशील रहेको बताउँदै आगामी दिनमा आफ्नो नेतृत्वमा थप लोक कल्याणकारी कार्यक्रम लिएर अघि बढ्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो ।

कुन उपचारमा कस्तो सुविधा
सम्झौताअनुसार डेन्टल ओपिडी (कस्मेटिक बाहेक), जेनेरल ओपिडी, प्लास्टिक सजर्री (कस्मेटिक बाहेक), इमेर्जेन्सी, फिजियोथेरापी ओपिडी, ड्रेसिङ र नर्मल बेड निःशूल्क गर्ने सम्झौता भएको छ ।

यस्तै इन्भेस्टिगेशनअन्तर्गत ल्याव, एक्सरे, ईसिजी, युएसजीमा लागेको खर्चको ६० प्रतिशत छुटको व्यवस्था गरिएको छ । स्पेशल ओपिडीअन्तर्गत गाइनो, अर्थो, स्पाइन, साइकोलोजी, साइक्याट्री, इएनटीमा लागेको खर्चको ३० प्रतिशत छुटको व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । निःशूल्क तथा विशेष छुटमा गरिएको उपचार खर्च नगरपालिकाले अस्पतालाई भुक्तानी गर्नेगरी सम्झौता भएको हो ।

सम्झौता कार्यक्रममा नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, प्रवक्ता एवं वडा नंबर ६ का अध्यक्ष राधाकृष्ण श्रेष्ठ, प्रशासन प्रमुख सुभद्रा पुडासैनी, नगर स्वास्थ्य प्रमुख विष्णु चापागार्इँ र अस्पतालको तर्फबाट सुजाता कोइरालाका स्वास्थ्य सल्लाहकार डा.राम भण्डारीलगायतको उपस्थिति थियो ।

महेश सिंह

महेश सिंह

Related Posts

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०७९ भाद्र १२, आईतवार १७:००
सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

सखुवानन्कारकट्टीमा स्वास्थ्य शाखा प्रमुख चौधरीलाई भावुक बिदाई

२०७९ भाद्र १२, आईतवार १७:००
लहानमा जेसिजद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ८५ जना लाभान्वित

लहानमा जेसिजद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ८५ जना लाभान्वित

२०७९ भाद्र १२, आईतवार १७:००
सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

२०७९ भाद्र १२, आईतवार १७:००
कटहरियामा एचपीभी खोप अभियान आजदेखि सुरु

कटहरियामा एचपीभी खोप अभियान आजदेखि सुरु

२०७९ भाद्र १२, आईतवार १७:००
नवराजपुर १ ढेकहामा आगलागी: १० लाखको क्षति, राहत वितरण

नवराजपुर १ ढेकहामा आगलागी: १० लाखको क्षति, राहत वितरण

२०७९ भाद्र १२, आईतवार १७:००
Next Post
गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

गजलकार जय गौडेललाई गजल प्रतिभा पुरस्कार

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

९ सेकेण्डमा ढले भारत नोयडाका ट्वीन टावर

दाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

दाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ भाद्र १२, आईतवार १७:००
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ भाद्र १२, आईतवार १७:००
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ भाद्र १२, आईतवार १७:००
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ भाद्र १२, आईतवार १७:००
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ भाद्र १२, आईतवार १७:००
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ भाद्र १२, आईतवार १७:००
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ भाद्र १२, आईतवार १७:००
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ भाद्र १२, आईतवार १७:००
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ भाद्र १२, आईतवार १७:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.