– बिगत ४ बर्ष देखि लहान ८” स्थित संचालनमा रहेको नेपाल आईडियल एकेडमी स्कुलले भब्य रूपमा सरस्वती पुजा अर्थात बसन्तपंचमी पर्व मनाएका छन्। पुजाको अवसरमा स्कुलले विभिन्न मौलिकता धर्म संस्कृति झल्काउने नित्य संस्कृति कलात्मक प्रस्तुतिमा विद्यार्थी रमाएका थिए।
बाहिरको कलाकार भन्दा स्कुलले आफ्नै विद्यार्थीको पुर्ण रूपमा तयारी गरी हर्ष,उत्साह बढाउन विभिन्न झाखी कमेडि नित्यहरु प्रस्तुत गर्दा स्कुलमा अध्यन गर्ने विद्यार्थीहरु खुब रमाएका थिए।स्कुलले आफ्नै विद्यार्थीलाई अवसर प्रदानगरी कलाकार उत्पादन गरेको हो। उक्त स्कुलमा जम्मा २३० विद्यार्थी अध्यनरत रहेको प्रीन्सिपल फैजुर रहमानले बताए।
स्कुल भित्र पुर्ण रूपमा अङ्ग्रेजी र नेपाली मनोरम वातावरणमा पढाई संचालन हुने गरेको छ। स्कुलमा नर्सरी देखि कक्षा १० सम्म संचालन रहेको छ।
स्कुलले विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप समेत दिने गरेको छ। बर्षमा २ पल्ट यस्तो हर्सो उल्लासको कार्यक्रम संचालन गर्दै आएको हुन्छु प्रीन्सिपल फैजुर रहमानले जनाए।
Discussion about this post