Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

युवाहरुको बौद्धिकता कमजोर भइरहेको छः अध्यक्ष यादव

नेपाल बीबीसी by नेपाल बीबीसी
२०८० फाल्गुन ६, आईतवार ०१:०२
युवाहरुको बौद्धिकता कमजोर भइरहेको छः अध्यक्ष यादव

Loading

जनकपुरधाम । जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली युवाहरुको बौद्धिकता कमजोर हुदैँ गइरहेको बताएका छन् ।
शनिबार समाजवादी युवा संघ केन्द्रिय समितिद्धारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पछिल्ला समय नेपाली युवाहरुको बौद्धिकता कमजोर हुदैँ गइरहेको बताएका हुन् ।
अध्यक्ष यादवले पछिल्लो समय उदयमान भएको राजनीति पार्टीको कमजोर बिचार, सिद्धान्त र राजनीति संस्कारका कारण पनि यस्तो हुन् गएको बताए ।
नयाँ पुस्ता राजनीतिमा आउनु सकारात्मक कुरा भएपाि राजनीति रुपमा उनीहरु कमजोर रहेका छन्, नयाँ दलमा अधिकांश युवाहरुमा राजनीति संस्कार, बिचार र सिद्धान्तको कमी रहेको छ । उनले भने । पहिला समयमा युवा एउटा बिचारधाराहप्रष्ट हुन्थ्यो, पछिल्लो समय यस्तो नभएको भन्दौ दुखेसो पोखे ।
पछिल्लो समयका युवाहरु अपवाह “रियूम्र्स”को पछाडि बढी लाग्ने गरेको भन्दैँ चिन्ता व्यक्त गरेका छन् । उनले अबको आधुनिक राजीनितक अध्ययन बिना फिका हुने भन्दैँ युवाहरुलाई बढी भन्दा बढी अध्ययन गर्न सुझाए ।
त्यस्तै, उदघाटन सत्रलाई सम्बोधन गर्दै मधेश प्रदेश सरकार आन्तरिक, सञ्चार तथा कानुन मन्त्रालयका पुर्व मन्त्री ज्ञानेन्द्र यादवले अबको समयमा बौद्धिक प्रशिक्षणले मात्रै संघीय गणतान्त्रिक लोकतन्त्रलाई संस्थागत गर्न सक्ने भन्दौ औल्याए । उनले पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्र बिरोधमा विभिन्न षडयन्त्रहरु सुरु भएको भन्दैँ युवाहरु सचेत हुने अवस्था आएको समेत बताए ।
“संघीयतालाई समाप्त गर्न केहि अनावश्यक तत्व सक्रिय भएको र त्यसलाई बौद्धिक तवरबाट प्रशिक्षित भएर मात्रै चिर्न सकिन्छ, नत्र संघीयता धरापमा पर्न सक्ने स्थिीति आउन् सक्छ ।” उनले भने संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थापना गर्न युवा खुलेर सक्रिय रुपमा लाग्नु पर्ने आवश्यकता भएको बताएका हुन् ।
त्यस्तै, मधेश प्रदेश सरकारका उर्जा, सिचाँई तथा खानेपानी मन्त्री सिहांसन सा कलवारले युवाहरुमा अध्ययनमा रुचि घट्दै गएको भन्दैँ चिन्ता व्यक्त गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय मुलुकमा आएको नाकारात्मक राजनीतिक ट्रेन्डका कारण युवाहरुले अध्ययनमा रुचि नदेखाएको बताए । मधेशका युवामा क्षमता हुदाँ हुदैँ पनि अफवाह तर्फ लागेको र आफ्नो बौद्धिकता प्रयोग गर्न नसकेको भन्दैँ दुखेसो गरेका हुन् । मन्त्री कलवारले मधेशका युवामा बौद्धिक सक्रियता घट्नाले सामाज पनि सहि गलत छुट्याउने नसक्ने भएको तर्क गरे ।
“मुलुकमा आएको नाकारात्मक राजनीतिक ट्रेन्डका कारण अध्ययनमा क्षेत्र छोडेको छ, जसकारण नेपाली समाजले सहि र गलत छुटयाउन् सकिरहेको छैन् ।” उनले भने शिक्षित युवा राजनीतिकर्मी भए मात्रै देश र समाजले उच्च स्तरको बौद्धिकता पाउन् सक्ने बताए । कार्यक्रम सफलताको कामना गर्दै उनले यस्ता किसिमको प्रशिक्षणले युवाहरुमा प्रशसानिक र ऐतिहासिक कुराहरु अझै परिस्कृत भएर आउने बताए । यहाँबाट प्रशिक्षित भएर गएर संघीयताको बारेमा अझै जनतालाई सचेत गराउने कार्यमा लाग्न आग्रह समेत गरे ।
जसपा मधेश प्रदेशका नवनियुक्त अध्यक्ष बालकिशोर यादवले युवाको व्यक्तिगत, राजनीतिक र संगठनिक जिवनमा निखारता ल्याउने बताए । पार्टीको विचार, नीति र सिद्धान्तको बारेमा जानकारी पाएपछि समुदायमा लिएर जान सहज हुने बताए । उनले युवालाई अनुशासित हुनु जरुरी रहेको बताउँदै पार्टीले लिएको लक्ष्य पाउन सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । युवा संगठनको नेतृत्व गरेकाहरु राजनीतिक उचाइ पाएको बताउँदै उनले केही दिन देखि युवामा ह्रास आएको बताए । केही दिन यता देखि युवाहरुको सवालमा बाटो विराएको जस्तो महसुस भएको उनले टिप्पणी गरे । मधेश प्रदेश स्थापित गर्नकालागि पार्टीका युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउँदै उनले राजनीतिक परिवर्तन संगै आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण जरुरी रहेको बताए । उनले युवाहरुलाई सामाजिक परिवर्तन तिर लाग्नुपर्ने सुझाव समेत दिए । पार्टी, सिद्धान्त विरुद्ध वितृष्णा फैलाउने कार्य भइ रहेको दावी गर्दै उनले ती समस्यालाई समाधान युवाहरुले नै गर्न सक्ने भएकाले प्रशिक्षित हुनु जरुरी रहेको बताए । उनले प्रशिक्षित भए पछि त्यसलाई व्यवहारमा लागु गर्नुपर्ने सुझाव दिँदै बादविवाद र पार्टीको सिद्धान्त, पद्धति जनता समक्ष स्पष्ट रुपमा राख्न सकिएनौ भने यस प्रशिक्षणको औचित्य पनि रहेको बताए ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व प्रदेशसभा सदस्य बिक्की यादवले युवाहरुमा देखिएको केही अभावहरु यस प्रशिक्षणवाट प्राप्त हुने बताए । उनले युवाहरु देश विदेशमा परिवर्तन ल्याए तर आर्थिक समृद्धिको बाटोमा कसरी हिड्न सकिन्छ त्यस तिर साकारात्मक रुपमा अगाडि बढ्नकालागि युवाहरुलाई आग्रह गरे । युवाहरुमा आत्मविश्वासको आवश्यकता रहेको बताउँदै अधिकार पाउने सवालमा युवाहरु बञ्चित हुनुको कारणनै हामी युवा संगठित नहुनु रहेको बताए । मधेश कमजोर भएर प्राप्त उपलव्धिलाई संस्थागत हुन नदिन विभिन्न विधेयकहरु ल्याएर षडयन्त्र गरिएको आरोप समेत लगाए । हामीमा सामाजिक दायित्व रहेको बताउँदै उनले तीन दिने प्रशिक्षणवाट सामाजिक उत्तरदायित्व पूरा हुने विश्वास व्यक्त गरे । युवा गलतको विरोध र सहीको समर्थन गर्न छाडे कुनै पनि अवस्थामा परिवर्तन हुन नसक्ने दावी गरे । युवाहरुलाई अनुशासनको नाममा दवाउने काम विगतमा अन्य पार्टीहरुमा देखिएको टिप्पणी गर्दै उनले आफ्नो ठाउँबाट विद्रोह गर्न सक्ने अधिकार जनता समाजवादी पार्टी भित्र रहेको बताए ।
शनिबारबाट सुरु भएको सो कार्यक्रममा फाल्गुन ८ गतेसम्म चल्ने छ । सो कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीहरुको उपस्थित रहेको छ । तीन दिवसीय चल्ने सो कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्य प्रशिक्षक रहेका छन् । भने सो प्रशिक्षणमा उनले राजीनित शास्त्र, समाजवाद शास्त्र, संघीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्य संचालनका विधि प्रक्रिया, विश्व क्रान्ति लगायत विषयमा प्रशिक्षण दिने छन् । यसअधि जसपा अध्यक्ष यादवले जसपाका भातृसंस्थाहरु समाजवादी महिला संघ, प्रेस मञ्च नेपाल र मधेश प्रदेश समितिका पदाधिकारीहरुलाई प्रशिक्षित गरिसक्नु भएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० फाल्गुन ६, आईतवार ०१:०२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० फाल्गुन ६, आईतवार ०१:०२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० फाल्गुन ६, आईतवार ०१:०२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० फाल्गुन ६, आईतवार ०१:०२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० फाल्गुन ६, आईतवार ०१:०२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० फाल्गुन ६, आईतवार ०१:०२
Next Post
एभरेष्ट कलेजमा बृहत अभिभावक दिवस

एभरेष्ट कलेजमा बृहत अभिभावक दिवस

मातृ शोकमा एमाले नेता मेहता 

मातृ शोकमा एमाले नेता मेहता 

नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

नि:शुल्क कम्प्युटर तालिमले विद्यार्थीहरु हर्सित

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८० फाल्गुन ६, आईतवार ०१:०२
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८० फाल्गुन ६, आईतवार ०१:०२
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८० फाल्गुन ६, आईतवार ०१:०२
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८० फाल्गुन ६, आईतवार ०१:०२
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८० फाल्गुन ६, आईतवार ०१:०२
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८० फाल्गुन ६, आईतवार ०१:०२
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८० फाल्गुन ६, आईतवार ०१:०२
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८० फाल्गुन ६, आईतवार ०१:०२
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८० फाल्गुन ६, आईतवार ०१:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.