शैक्षिक क्षेत्र रुपान्तरणको अभियानमा लागेका लहान एभरेष्ट कलेजले २४ औं बसन्त पुरागरी २५ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बृहत स्थापना दिवस तथा अभिभावक दिवस मनाएका छन्।
२०५६ सालमा माधव प्रसाद शर्मा ,चक्रपाणि दहाल,धरणिधर अधिकारीले स्थापना गरेको लहान एभरेष्ट कलेज सफल शैक्षिक संस्थाको रूपमा स्थापित संस्थाको रूपमा चिनिएका छन्।कलेजमा हाल ८६५ विद्यार्थी अध्यनरत रहेको स्कुल तथा पल्स,टु,का कुशल प्रीन्सिपलको जिम्मेवारी निर्वाह गर्दै चक्रपाणी दहालले जानकारी दिनु भयो।
कलेजले प्रत्यक्ष रूपमा ५२ जना शिक्षक शिक्षिकालाई रोजगारी दिएका छन् भने कलेजका प्रीन्सिपल धरणिधर अधिकारीले जनाए।२०७१ साल देखि स्नातकोत्तर तर्फ बाणिज्यको कक्षा संचालनमा रहेको जनाए।प्रत्येक बर्ष २ वटा बृहत कार्यक्रमको आयोजना गरी दिवस मनाउने गरेका छन्।
कलेजले विद्यार्थीहरुलाई आफू भित्र रहेको प्रतिभा उजागर,उतप्रेरणा र अग्रजद्वारा सल्लाह सुझावको लागी कार्यक्रमको आयोजना गर्ने गरेको हो। लहानमा जन्मिएको र प्रार्म्भिक अध्यनगरी विभिन्न अनुसन्धानमा बिश्व अवार्ड प्राप्त गरेका अमर गुप्ता को बुवा अर्जुन प्रसाद गुप्ता र आमालाई सम्मान गरेको थियो।
कार्यक्रममा बिशिस्ट पुर्व उधोग राज्य मन्त्री पदम नारायण चौधरीले शैक्षिक स्तरमा बढाउने कार्य सराहनीय रहेको भन्दै उत्पादन गरेको विद्यार्थी देश बिदेशमा नाउँ उच्चस्त स्थान प्रदान गर्न सफल भएका बिश्वास व्यक्त गरेका थिए।कार्यक्रमको संचालन रमिता नेपालले गरेकी थिईन प्रमुखलेखा ललित नारायण महतोले जानकारी दिनु भयो।
Discussion about this post