महेश सिंह सिरहा लहान २४ असार – वैदेशिक रोजगारीमा साउदी अरेबिया पुगेका सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर २ चतरी बस्ने बुवा बिल्टु मुखिया आमा सजनी देवी मुखियाकी माईलो छोरा मुसहरु मुखिया पटकपटक वैदेशिक रोजगारीको लागी आउदी अरेबिया पुगेका थिए।
बिदेशबाट घर फर्किएको १ महिना नबितदै अचानक हृदय घातको कारण मृत्यु भएको परिवारजनले बताए।घरको आर्थिक अवस्था निकै कमजोर रहेको मुखिया वैदेशिक रोजगारीको लागी साउदी गरेका थिए।आफ्नै घरमा मिति २०७९ पुष १ गते मृत्यु भएको थियोे।
मृतकको श्रीमती रिता देवी मुखियालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धकले श्रीमान गुमाएकी रिता देवी मुखियालाई प्रबन्धक उपेन्द्र नारायण महतोले क्रिया खर्च सहित १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेका छन्।मृतक मुखियाको बिमा लेख नम्बर FE 100097168 भएको थियोे।
Discussion about this post