महेश सिंह सिरहा लहान ३० बैशाख – सिरहाको लहान नगरपालिका वडा नम्बर २० मा सिरहाको दोश्रो कबिर मन्दिर बन्ने भएको छ।सिरहा क्षेत्र नम्बर १ ख का मधेस प्रदेशका सांसद राज कुमार गुप्ताको संसदीय कोषको बजेटबाट १२ लाखको लागतमा कबिर मन्दिर बन्ने भएको स्थानीय ओम प्रकाश महतोले बताए।
कबिर धर्म धर्मावलम्बीहरुलाई पुजा अर्चना गर्न सहज होस् भने उदेश्यले मन्दिरको स्थापना हुन् लागेको हो।जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो र लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतोले मन्दिरको शिलान्यास गरेका छन्।
सांसदका प्रतिनिधि बद्री नारायण यादवको रोहबरमा शिलान्यास भएका छन्। शिलान्यास कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक हेमन्त राई पत्रकार महेश सिंह लगायत सयौं ब्यक्तीहरुको उपस्थितिमा हिन्दु प्रमपरा अनुसार बिधिबत रूपमा शिलान्यास भएको स्थानीयले बताए।उक्त मन्दिरबाट करिब दुई हजार धर्मावलम्बीहरुले पुजाको अर्चाबाट लभाम्बित हुने स्थानीयले बताए।
Discussion about this post