सिरहा लहान २० चैत – रोजगारीमा कतार गएका उदयपुरको त्रियुगा नगरपालिका ६ लालपता खार टोल बस्ने बुवा मदन बहादुर खतरी,आमा बिष्णु माया खतरीको ३१ वर्षिय कान्छो छोरा संन्तोष कुमार खतरीको कतार स्थित सडक दुर्घटनामा परी मृत्यु भएको हो।
घर बाट बिदेश गएको ३ महिना नबित्दै सडक दुर्घटनामा परेर २०७९ मंसिर ६ गते खतरीको घटना स्थलमै मृत्यु भएको थियो।मृतक खतरीलाई १८ महिनाको एक छोरा र श्रीमती छिन्। खतरीको पार्थी शरीरलाई काठमाडौं स्थित पशुपति आर्यघाटमा अन्तिम अन्तरेष्ट्टी गरेका थिए।
सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा अभिलेख नम्बर FE1000551583 रहेका हुन।मृतकको श्रीमती साबित्रा कार्कीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले पत्रकार महेश सिंहको रोहबरमा क्रिया खर्च सहित १४ लाख मृत्यु दाबी भुक्तानी दिएका छन्।
Discussion about this post