महेश सिंह सिरहा लहान २ माघ – सिरहाको लहान नगरपालिका वाडा नम्बर ११ पीडरबनीमा तेस्रो पीडरबनी कप सम्पन्न भएको छ्। पुस २३ गते देखि सुरु भएको खेल शनिबार फाईनल भएको छ्।उक्त खेलमा जम्मा ८ वाटा टिम भागलिएको थियोे। फाईनल खेल नबो बुद्ध युथ कलब मझौ सप्तरी र शिशवारि युवा कलब सुरुङ्गा बीच सम्पन्न भएको छ्।
पीडरबनी फुटबल कलबले आयोजना गरेको खेल निकै अनुसासित र मर्यादित भएको स्थानीय प्रत्यक्ष दर्शी शिव देब चौधरीले बताए।पीडरबनी फुटबल कलबका अध्यक्ष उकेश कुमार चौधरीको अध्यक्षतामा टुना मेन्ट सुरु भएको थियो।
फाईनल खेलको अध्यक्षता आयोजक कलबका अध्यक्ष उकेश चौधरीले गरेको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा लहान ११ का बहुप्रतिभा शालिन वाडा अध्यक्ष सुर्य नारायण राम र लहान २४ का वाडा अध्यक्ष राश लाल राय रहनु भएको थियोे।
अतिथिहरुमा दलित महिला सदस्य सुनिता कुमारी महरा स्थानीय राम प्रसाद शर्मा,नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता,नेपाल बिबिसी अन्लाईनका महेश सिंह, पत्रकार शम्भु चौधरी,अनुभक्त चौधरी,अनिल चौधरी,सोभा कांन्त चौधरी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे।
३ बजेर ३५ मिनेटमा खेल सुरु भएको थियो।शिशवारी युवा कलब सप्तरीले जर्सी नम्बर ८ का देब राज चौधरीले पहिलो गोल गरेका थिए।लगातार २ गोल गरेका थिए। नबो बुद्ध युथ कलबले पलायनटीमा एक गोल गरेका थिए। खेल मर्यादित र अनुसासित भएको जनाए। १ गोलले शिशवारि युवा कलबले फाईन खेलमा बिजय भएका आयोजक संस्थाको अध्यक्ष उकेश कुमार चौधरीले बताए।
Discussion about this post