काठमाडौँ, ११ पुस – हेम–सरिता फाउन्डेसनले वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई २ हजार अमेरिकी डलरको अन्तर्राष्ट्रिय पुरस्कार सहित सम्मान गर्ने भएको छ ।
काठमाडौँमा एक कार्यक्रमको आयोजना गरेर फाउन्डेसनले २ हजार अमेरिकी डलरको टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भण्डारीलाइ प्रदान गर्ने जानकारी दिएको छ । फाउन्डेसनले हेम–सरिता पाठक अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पुरस्कार समेत प्रदान गर्ने जनाएको छ ।
फाउन्डेसनले विद्यालय भवन र व्यवस्थापन हस्तान्तरण र भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता पसस्तक लोकार्पण समेत गर्ने कार्यक्रम रहेको छ ।
पुरस्कार वितरण कार्यक्रम यहि ११ गत सोमबार प्रज्ञाभवनको सिद्धिचरण सभाकक्षमा हुने हेम–सरिता फाउन्डेसन, अन्तर्राष्ट्रिय समितिका अध्यक्ष जेनी पाठकले जानकारी दिनु भएको छ ।
Discussion about this post