Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ऐलानी जग्गा छाडेर निजीमा सडक, प्रशासन र अदालत गुहार्दै जग्गा धनी

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ पुष ११, सोमबार ०९:५२
ऐलानी जग्गा छाडेर निजीमा सडक, प्रशासन र अदालत गुहार्दै जग्गा धनी

Loading

सिरहाको मिर्चैयामा । सडक विस्तार गर्दा नेपालका प्रचलित कानूनले कानून बमोजिम जग्गा प्राप्त गर्नु पर्ने प्रावधान रहेको छ । सडक विस्तार गर्दा लिन खोजिएको कुन-कुन कित्ता नं.बाट के कति क्षेत्रफल जग्गा, पर्खाल, घर, टहरा वा स्थायी संरचना प्राप्त गर्ने हो ? नाप नक्शा गरी सम्पूर्ण विवरण खुलाई राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने र सो नगरी पत्रिकामा प्रकाशित सूचनाको आधारमा घरघरमा चिन्ह लगाएपछी मात्र जग्गा अतिक्रमण गर्ने प्रावधान रहेको छ ।
तर सिरहाको मिर्चैया नगरपालिका-९ साबिक फुलबरिया गा.बि. स वडा नं-२ का रेवी महतो आफ्नो निजी जग्गा अतिक्रमण गरेर सडक विस्तार गरिएपछि न्यायका लागि प्रशासन र अदालत गुहार गरिरहेका छन् ।
एक तर्फ सडकको लागि ऐलानी जग्गा हुँदाहुँदै पनि उनको निजी जग्गा अतिक्रमण गरेको छ । मिर्चैया नगरपालिकाको घुर्मीमा पर्ने पूर्व-पश्चिममा राजमार्ग देखि उत्तर करिब ३ किलोमीटर कमल दह जाने मुख्य सडकमा महतोको बल पुर्वक जग्गा मिचेर सडक बनाइएको छ । मिर्चैया नगरपालिकाको ६० लाख लागतको नगर स्तरीय बजेटबाट उक्त सडक कालोपत्र भइरहेको छ ।
यसरी भएको थियो जग्गा अतिक्रमण
जग्गा धनी रेवी महतोको नाममा रहेको सिरहा गा.बि.स फुलबरिया वार्ड नं. २।२ (क) को कि.नं. ३२७९ को ०-४-२ ऐ. ऐ.कि.नं. ३२८७ को ०-२-४.७५ जग्गामा मिति २०७९।८।१६ गते विहान ११ बजेको समयमा शंकर कनट्रक्सन प्रा.लि. मिर्चैयाबाट २ जना कर्मचारी उपरोक्त उल्लेखित जग्गामा आई जग्गा धनी महतोलाई “तपाईको जग्गा हो ? हो भन्ने यो जग्गामा भएको धानवाली अविलम्ब हटाई हाल्नु यो जग्गाहरुवाट नयाँ निर्माणको वाटो बनाउँछु हटाउनु हुन्न भने हामीले जे.सि.बी. ल्याई धानवाली माटोले पुरि नयाँ निर्माणको सडक बाटो बनाउँछु” भनि ति कर्मचारीहरु फिर्ता भएका
थिए ।

जग्गा धनी महतोले यसरी प्रशासन गुहारेको थियो ।
जग्गा धनी महतोले मिति २०७९।८।१८ गते वडा कार्यालयमा गई त्यहाँको वडा अध्यक्षसँग भेटेर नै भने- “जग्गा अगाडी सार्वजनिक सडक बाटो हुँदाहुँदै मेरो मंजुरी सहमति बिना बलजवरजस्ती भए पनि नयाँ निमार्णको सडक बाटो बनाउँछु भनि किन शंकर कनट्रक्सन प्रा.लि. मिर्चैयाको कर्मचारीहरुले भनि आउनु भएको हो” भन्दा त्यहाँको वडा अध्यक्षले उनलाई भने -“तपाईं मेरो पार्टीको मानिस होइन कर्मचारीहरुलाई जहाँ देखि सडक बाटो बनाउनु पर्छ बनाउँछ यसमा मैले केही गर्न सक्दिनँ ।”
सोही कुरालाई लिएर जग्गा धनी महतो मिति २०७२।८।१८ गते मिर्चेया नगरपालिकाको कार्यालयमा गई नगर प्रमुख श्रवण कुमार यादवलाई सम्पूर्ण कुरा सुनाउँदा पनि यो वडा कार्यालयको काम हो भनी महतोलाई फर्काइ दिएका थिए ।
जग्गा धनी महतोले नगरपालिकामा केही कुराको टुंगो नलागेपछि मंसिर १९ गते ईलाका प्रहरी कार्यालय मिर्चैयामा जग्गाको बारेमा कार्यालय प्रमुखलाई सम्पूर्ण विवरण सुनाउँदा त्यहाँको कार्यालय प्रमुखका अनुसार जग्गा जमिनको विषयमा यहाँबाट केही गर्न नसकिने भएपछि त्यहाँबाट पनि महतोलाई रित्तो हात फर्किनु बाहेक कुनै सीप लागेन ।
सोही मितिमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमल्सिना लाई सुनाउँदा पनि महतोको कुरा उपर कुनै वास्ता नै भएन ।
उनलाई लागेको थियो अब यो कुराको कसैले केहि नगरे पनि प्रमुख जिल्ला अधिकारीले पक्कै पनि केही गर्नुहुन्छ भनी लागेको थियो सोहि अनुसार जग्गा धनी महतो मिति २०७९।८।१९ गते जिल्ला प्रशासन कार्यालयमा सिरहाका प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराइ सक्दा पनि केही टुंगो लागेको थिएन ।

उच्च अदालतसम्मको ढोकासम्म पुगे महतो
जग्गा धनी महतोलाई वडा कार्यालय, नगरपालिका प्रहरी प्रशासनले नपत्याएपछि बाध्य भएर उच्च अदालत जनकपुर राजविराज इजलास पुगेका थिए । उनले मिर्चैया नगरपालिकाको कार्यालय, नगर प्रमुख (मेयर) श्रवण कुमार यादव, मिर्चैया नगरपालिका वार्ड नं. ९ को वडा कार्यालय, वडा अध्यक्ष दिनेश मण्डल, शंकर कन्ट्रक्सन प्रा.लि. मिर्चैया सिरहा शंकर कन्ट्रक्सन प्रा.लि. मिर्चैया सिरहा संचालक सरोज कुमार साह, ईलाका प्रहरी कार्यालय मिर्चैया, जिल्ला प्रहरी कार्यालय, सिरहा र जिल्ला जिल्ला प्रशासन कार्यालय सिरहालाई विपक्षी बनाएर निषेधाज्ञा मुद्दा दायर गरेको थियो ।
त्यसपछि उच्च अदालत जनकपुर राजविराज इजलासमा दायर गरेको मुद्दाको इजलास नं-२ का न्यायाधीश जगत बहादुर थापाको अन्तरीम आदेशले छलफलको लागि बोलाएको छ ।
न्यायाधीश जगत बहादुर थापाको इजलासले जारी गरेको निषेधाज्ञामा यसमा के कसो भएको हो ? निवेदकको निवेदन माग बमोजिम आदेश किन जारी हुनु नपर्ने हो ? निवेदन माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाण सहित म्याद सूचना पाएका मितिले बाटाका म्याद बाहेक १५ दिनभित्र विपक्षीहरू मिर्चैया नगरपालिकाको कार्यालय, नगर प्रमुख (मेयर) श्रवण कुमार यादव, मिर्चैया नगरपालिका वार्ड नं. ९ को वडा कार्यालय, वडा अध्यक्ष दिनेश मण्डल, शंकर कन्ट्रक्सन प्रा.लि. मिर्चैया सिरहा र शंकर कन्ट्रक्सन प्रा.लि. मिर्चैया सिरहाको संचालक सरोज कुमार साह आफैँ वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत तथा विपक्षीहरू ईलाका प्रहरी कार्यालय मिर्चैया, जिल्ला प्रहरी कार्यालय, सिरहा र जिल्ला प्रशासन कार्यालय सिरहालाई उच्च सरकारी वकील कार्यालय, राजविराजमार्फत लिखितजवाफ पेश गर्नु भनी प्रस्तुत निवेदन र आदेशको प्रतिलिपि साथै राखी विपक्षीहरुका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा गुजारे नियमानुसार पेश गर्नु भनेको छ ।
साथै अन्तरिम आदेश माग गरे तर्फ हेर्दा, दुवै पक्षको उपस्थितिमा छलफल गरी निर्क्योल हुन मनासिव देखिँदा अन्तरिम आदेश सम्बन्धमा छलफलका लागि पुष गते दिनको १० बजे को पेशी तोकी सो को जानकारी विपक्षीहरुलाई दिई नियमानुसार पेश गर्न भनेको छ । यता मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवलाई फोन सम्पर्क गर्दा भइरहेको हुन सकिरहेको छैन ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष ११, सोमबार ०९:५२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ पुष ११, सोमबार ०९:५२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष ११, सोमबार ०९:५२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष ११, सोमबार ०९:५२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष ११, सोमबार ०९:५२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ पुष ११, सोमबार ०९:५२
Next Post
समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

समाजसेवी अजय यादवद्वारा धार्मिक महोत्सवको उदघाटन

सिरहाको भगवानपुरमा सार्वजनिक सुनवाइ

सिरहाको भगवानपुरमा सार्वजनिक सुनवाइ

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ पुष ११, सोमबार ०९:५२
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ पुष ११, सोमबार ०९:५२
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ पुष ११, सोमबार ०९:५२
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ पुष ११, सोमबार ०९:५२
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ पुष ११, सोमबार ०९:५२
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ पुष ११, सोमबार ०९:५२
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ पुष ११, सोमबार ०९:५२
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ पुष ११, सोमबार ०९:५२
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ पुष ११, सोमबार ०९:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.