महेश सिंह सिरहा लहान १८ मंसिर – सिरहाको लहानमा ३१औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भब्य रूपमा मनाएका छन्।लहान नगरपालिकाको आर्थिक सहयोग र मानव अधिकार संरक्षण केन्द्र संजाल सिरहाको सहकार्यमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता संस्थाको अध्यक्ष संजय कुमार अग्रवालको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान नगरपालिकाको उप- प्रमुख राम चलितर महतो रहनु भएको थियो।बिशिस्ट अतिथिमा लहान नगरपालिकाको स्वास्थ शखा प्रमुख जगदीश मंण्डल रहनु भएको थियो।
अतिथिहरुमा मानव अधिकारकर्मी भैरब गेलाल महिला अधिकारकर्मी अनिता चौधरी,सिएसी नेपालका रेखा चौधरी,पत्रकार मणि बिश्वकर्मा,फिरोज शेख,पत्रकार महेश सिंह,प्रदीप सिंह लगायतका दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियोे।३१औं अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा फरक क्षमता भएका ब्यक्तीहरुद्वारा बृहत रयाली कार्यक्रम सम्पन्न भएको थियो।
समाबेसी बिकासका लागी रुपान्तरण समाधान पहुँच युक्त र समानतामुलक बिश्वका लागी उर्जावान शृजन शिलताको प्रावधान लगायतका नारा लगाउदै नगरपरिक्रमा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि महतोले बोल्दै गर्दा लहान नगरपालिकाबाट कार्यालयको लागी जग्गा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो। अपाङ्गता भएका ब्यक्तीहरुको लागी सिपमुलक तालीमको समेत ब्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नु भयो।
बिशिस्ट अतिथि जगदीश मंण्डलका अनुसार तपाईंहरु आफैंमा गर्भाबित ब्यक्ती हौं। तपाईं एस्किलको माध्यमले बिक्ने हुनु पर्नेमा जोड दिएका थिए।कार्यक्रम अध्यक्ष संजय अग्रवालका अनुसार अपाङ्गता भएका ब्यक्तीहरुलाई स्थानीय तहमा काम विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।कार्यक्रममा उल्लेखनीय ब्यक्तीहरुको उपस्थिति रहेको थियो।
Discussion about this post