नेपाली काङ्ग्रेसका बरिस्ठ नेता अछमित लाल चौधरीले मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्माणमा सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फको टिकट आफुले पाउनु पाउनुपर्ने पत्रकार समेलमा जोडदार माग राखेका छन्।
२०३३ साल देखि राजनीतिमा लागेका उनी प्रजातान्त्रिक आन्दोलनको हरेक आन्दोलनमा अग्रनी भुमिका निर्वाह गरेका उनले पंचात कालमा वाडा सदस्यको जिम्मेवारी समहाल्दै।
२०४७ साल देखि नेपाली काङ्ग्रेसको राजनीतिमा पुर्ण रुपले समर्पित रहेका नेता अछमीत लाल चौधरीको लहानमा संगठन बनाउनमा निकै योगदान र काङ्ग्रेस पार्टी लहानमा चिनाउन निकै देन रहेको उनलेे दाबी गरेका हुन्।
नेपाली काङ्ग्रेसका ९ औं महाअधिबेशन देखि २५ बर्ष सिरहा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिको जिम्मेवारी कुशलता पुर्वक निर्वाह गरेका उनले २०४९ सालको स्थानीय चुनावमा गाबीस अध्यक्षको टिकट पाएर पनि नेता चौधरीले अरुलाई टिकट दिएर सहयोग गरेका थिए।
निस्वार्थ रुपले राजनीति गर्दै अगाडि बढेका नेता चौधरी संकट काल,र साही कालमा काङ्ग्रेसको कुशल नेतृत्वको भुमिका निर्वाह गरेका हुन्।अहिले सम्म उनले गाबिस अध्यक्षको २ पल्ट निर्वाचनमा भागलिएका थियो भने २०७४ सालको निर्वाचन लहान नगरपालिकाको प्रमुख अर्थात मेयरको टिकट पाएर निर्वाचनमा भागलिए र असफल भएका थिए।
चुनावमा प्राजित भए पनि उनले इमानदारीता पुर्व राजनीतिमा सकृय नेताको रूपमा चिनिएका हुन्।मंसिर ४ गते हुने निर्वाचनका लागी नेता चौधरीको सिरहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फ प्रदेश सभाको लागी नाउँ सिफारिस भएको छ्।
उनले पत्रकार समेलनमा आफुले टिकट पाउनु पर्ने जोड दिएका हुन्।
Discussion about this post