Nepal BBC
Saturday, June 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान नगरपालिका मा सत्ताको दम्भ ! उप–प्रमुखको गाडी खोस्ने निर्णय उल्ट्याउँदै केन्द्रले दियाे कडा निर्देशन

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन १२, मंगलवार १७:५५
लहान नगरपालिका मा सत्ताको दम्भ ! उप–प्रमुखको गाडी खोस्ने निर्णय उल्ट्याउँदै केन्द्रले दियाे कडा निर्देशन

Loading

महेश सिंह लहान,सिरहा, लहान नगरपालिकामा प्रमुख र उप–प्रमुखबीच लामो समयदेखि जारी विवाद अहिले झनै गम्भीर बनेको छ। उप–प्रमुख रामचलित्तर महतोले प्रयोग गर्दै आएको सरकारी गाडी तथा अन्य सेवा सुविधालाई मनपरी ढंगले कटौती गरिएको विषयमा परेको उजुरीपछि राष्ट्रिय सतर्कता केन्द्रले कडा निर्देशन जारी गरेको छ। वि.सं. २०८२/११/११ को सचिवस्तरीय निर्णयअनुसार केन्द्रले नगर कार्यपालिकाको कार्यालय, लहान नगरपालिका, सिराहालाई तत्काल उप–प्रमुखलाई पदीय मर्यादाक्रमबमोजिम सवारी साधन उपलब्ध गराउन आदेश दिएको हो।
उप–प्रमुखले चढ्दै आएको सरकारी गाडी नगर प्रमुख महेश चौधरीको इसारामा प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले बिच बजारबाटै खोसेर नियन्त्रणमा लिएको आरोप छ। नगरपालिकामा उपलब्ध सवारी साधन अन्य कर्मचारीले प्रयोग गरिरहेको तर पदीय मर्यादाक्रममा दोस्रो स्थानमा रहेका उप–प्रमुखलाई सुविधा नदिइएको विषयलाई केन्द्रले गम्भीर रूपमा लिएको छ।
मधेश प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधा सम्बन्धी ऐन, २०७७ को दफा ४ मा उप–प्रमुखलाई यातायात सुविधा, सञ्चार सुविधा तथा अतिथि सत्कार सुविधा पाउने स्पष्ट व्यवस्था रहे पनि त्यसको अवज्ञा गरिएको देखिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार उप–प्रमुखलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न आवश्यक साधन उपलब्ध गराउनुपर्ने कानुनी प्रावधान रहेको छ।
राष्ट्रिय सतर्कता केन्द्रले यसअघि समेत विभिन्न मितिमा पत्राचार गरेको उल्लेख गर्दै अब ढिलाइ नगरी निर्देशन कार्यान्वयन गर्न आग्रह गरेको छ। नगर प्रमुख र उप–प्रमुखबीचको विवादले लहान नगरपालिकाको प्रशासनिक कार्यसम्पादनमै प्रश्न उठाएको छ। सतर्कता केन्द्रको स्पष्ट निर्देशनपछि अब नगरपालिकाले कानुनको पालना गर्छ कि पुनः मनपरी शैलीलाई निरन्तरता दिन्छ भन्ने विषयमा स्थानीयवासीको चासो बढेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
Next Post
गोल्डेन फ्युचर एजुकेशनल एकेडेमी मा वार्षिक ‘स्कुल स्पोर्ट्स सप्ताह’ सुरु

गोल्डेन फ्युचर एजुकेशनल एकेडेमी मा वार्षिक ‘स्कुल स्पोर्ट्स सप्ताह’ सुरु

सखुवानान्कारकट्टी–१ भौउरमा रामसुन्दर चौधरीको चुनावी सभा

सखुवानान्कारकट्टी–१ भौउरमा रामसुन्दर चौधरीको चुनावी सभा

नवराजपुर १ मा घरदैलोमै पार्टी प्रवेश कार्यक्रम, कांग्रेस पक्षमा बढ्दो जनसमर्थन

नवराजपुर १ मा घरदैलोमै पार्टी प्रवेश कार्यक्रम, कांग्रेस पक्षमा बढ्दो जनसमर्थन

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८२ फाल्गुन १२, मंगलवार १७:५५
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८२ फाल्गुन १२, मंगलवार १७:५५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.