![]()
महेश सिंह लहान,सिरहा- लहान नगरपालिका–१५ वाड, हात्ती दहदेखि बाधटोलसम्म लहान नगरपालिकाको आयोजनामा व्यापक सरसफाइ तथा शौचालय निर्माण अभियान सम्पन्न भएको छ। वाड अध्यक्ष तेज नारायण चौधरीले कार्यक्रममा सहभागिता र गतिविधिको जानकारी दिनुभयो।
अभियानको क्रममा वाडभित्रका प्रमुख सडक, गल्ली तथा सार्वजनिक स्थलहरूको सफाइका साथै नागरिकलाई स्वस्थ जीवनयापनका लागि आवश्यक पर्ने शौचालय निर्माण कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिएको थियो। अध्यक्ष चौधरीले अभियानले सफाइ, स्वास्थ्य तथा सरसफाइ सम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको बताए।
कार्यक्रममा स्थानीय जनता, महिला समूह, युवा स्वयंसेवी तथा वडाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। वाड अध्यक्ष चौधरीले यस्ता सामाजिक अभियानहरू नियमित रूपमा सञ्चालन गरेर वाडलाई स्वच्छ, सुरक्षित र स्वस्थ वातावरणयुक्त स्थान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागीहरूले अभियानले स्वास्थ्य र सरसफाइमा सकारात्मक प्रभाव पार्ने र समुदायमा स्वच्छता सम्बन्धी जिम्मेवारी बढाउने विश्वास व्यक्त गरे।












Discussion about this post