![]()
महेश सिंह लहान सिरहा- बलान बिहुल गाउँपालिकाले गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्यलाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न एक वरिष्ठ कर्मचारीलाई अस्थायी जिम्मेवारी प्रदान गरेको छ।
गाउँपालिकामा कार्यरत श्री सकल देव मण्डल (नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्शन समूह, अधिकृत छैठौँ) लाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नियुक्त नहुन्जेलसम्म गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार सेवा प्रवाहलाई अवरुद्ध हुन नदिन, आर्थिक अनुशासन कायम गर्न तथा प्रशासनिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले उक्त जिम्मेवारी प्रदान गरिएको हो। यस निर्णयबाट गाउँपालिकाका दैनिक प्रशासनिक कार्य,विकास योजना कार्यान्वयन र वित्तीय व्यवस्थापनलाई निरन्तरता मिल्ने अपेक्षा गरिएको छ। नवीन जिम्मेवारी प्राप्त गरेका श्री मण्डलको अनुभव, कार्यक्षमता र जिम्मेवारीबोधलाई ध्यानमा राख्दै अस्थायी जिम्मेवारी सुम्पिएको गाउँपालिकाको भनाइ छ।
गाउँपालिका परिवारले उनलाई नयाँ जिम्मेवारीका लागि हार्दिक बधाइ दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत नियुक्त नभएसम्म सेवाग्राहीलाई प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत दोहोर्याएको छ।














Discussion about this post