![]()
महेश सिंह सिरहा लहान – लहान नगरपालिका वडा नं ११ का वडाध्यक्ष सूर्यनारायण चौधरीले वडाको बजेटबाट विद्यालयलाई खेलकुद सामग्री सहयोग प्रदान गर्नुभएको छ।
विद्यालयमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष चौधरीले १७ थान जर्सी र १ थान फुटबल विद्यालय प्रशासनलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले विद्यार्थीको शैक्षिक विकाससँगै शारीरिक तथा मानसिक विकासका लागि खेलकुद अनिवार्य रहेको उल्लेख गर्नुभयो। उहाँले शिक्षा, खेलकुद र विकासलाई सँगसँगै अघि बढाउन वडाले निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालय परिवारले खेलप्रेमी, शिक्षाप्रेमी तथा विकासप्रेमी वडाध्यक्ष चौधरीले विद्यालयप्रति देखाउनुभएको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूलाई खेलकुदमा थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।
विद्यालय प्रशासनका अनुसार प्राप्त खेलकुद सामग्रीले विद्यालयस्तरीय खेल गतिविधि थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।














Discussion about this post