Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

महेश सिंह by महेश सिंह
२०८२ पुष ८, मंगलवार ०९:०४
संविधानकै कमजोरीले मुलुक अस्थिर बनाएको दाबी गर्दै उपेन्द्र यादव

Loading

महेश सिंह लहान सिरहा- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नगरी गरिने निर्वाचनले मुलुकको विद्यमान राजनीतिक संकट समाधान गर्न नसक्ने बताएका छन्।
सिरहाको गोलबजारमा सोमबार आयोजित डोटिम परिसंघको कार्यक्रममा सम्बोधन गर्दै यादवले अहिले लागू संविधान समावेशी नभएको र यसैका कारण देश दीर्घकालीन अस्थिरतामा फसेको दाबी गरे। उनका अनुसार संविधान जारी गर्ने प्रक्रिया नै विवादित थियो।

“लाखौँ मधेशी जनता सडकमा ब्ल्याकआउट गर्दै विरोध गरिरहेका बेला गोली चलाएर जबर्जस्ती संविधान जारी गरियो,” यादवले भने, “यस्तो प्रक्रियाबाट बनेको संविधान जनताको साझा दस्तावेज हुन सक्दैन।”

उनले संविधान संशोधन र परिमार्जन मात्र पर्याप्त नहुने उल्लेख गर्दै आवश्यक परे पुनर्लेखन नै गर्नुपर्ने धारणा राखे। संविधानको संरचनागत कमजोरीलाई बेवास्ता गर्दै निर्वाचनमा गए मुलुकले निकास नपाउने उनको तर्क थियो।

“हामी चुनावमा त जाउँला,” उनले भने, “तर संविधानकै कारण उत्पन्न असमानता र अन्याय जस्ताको तस्तै रहन्छ। यस्तो अवस्थामा कांग्रेस र कम्युनिस्ट दलहरू सत्ता र स्रोतको लुटमै केन्द्रित भइरहन्छन्।”

यादवले संविधानमा सबै समुदायलाई जनसंख्याका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिए। राजनीतिक तथा प्रशासनिक संरचना, सेवा–सुविधा र अवसर प्राप्तिका सबै क्षेत्रमा समानुपातिक सहभागिता नभएसम्म लोकतन्त्र सार्थक नहुने उनको भनाइ थियो।
“जसको जति जनसंख्या छ, हरेक क्षेत्रमा त्यति नै हिस्सा सुनिश्चित हुनुपर्छ,” उनले भने, “गैरबराबरी अन्त्य नगरी समृद्धि सम्भव छैन।”

कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष अशोक यादवले मधेशमा राजनीतिक चेतना, संघीयता स्थापना तथा आरक्षण व्यवस्थामा उपेन्द्र यादवको भूमिका निर्णायक रहेको दाबी गरे। “आज मधेसी समुदायले अधिकारका विषयमा खुलेर बोल्न पाएको अवस्था उपेन्द्र यादवकै संघर्षको परिणाम हो,” उनले भने।

उक्त कार्यक्रममा पूर्वमन्त्री सुरेश मण्डल, केन्द्रीय सदस्य खडक नारायण चौधरी, सत्यनारायण यादव, चन्देश्वर पासवानलगायत जनता समाजवादी पार्टीका केन्द्रीय नेताहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजक समितिले जनाएको छ। आयोजकका अनुसार कार्यक्रममा हजारौँको सहभागिता थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ८, मंगलवार ०९:०४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष ८, मंगलवार ०९:०४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष ८, मंगलवार ०९:०४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष ८, मंगलवार ०९:०४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष ८, मंगलवार ०९:०४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष ८, मंगलवार ०९:०४
Next Post
अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

अनुशासन, जोश र लक्ष्य : खेलकुदलाई शिक्षाको अभिन्न अंग बनाउँदै प्यारागन स्कुल

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

स्थानीय नेतृत्वबाट संघीय राजनीतितर्फ केदार यादवको सम्भावित फड्को

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

बलान बिहुल गाउँपालिकामा वरिष्ठ कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष ८, मंगलवार ०९:०४
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष ८, मंगलवार ०९:०४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष ८, मंगलवार ०९:०४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष ८, मंगलवार ०९:०४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष ८, मंगलवार ०९:०४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष ८, मंगलवार ०९:०४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ पुष ८, मंगलवार ०९:०४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ पुष ८, मंगलवार ०९:०४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ पुष ८, मंगलवार ०९:०४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.