![]()
हिन्दु धर्मको रक्षा
बङ्गलादेशको माटोमा
आज हिन्दुको मन्दिर
डरले काँपिरहेको छ,
घण्टी बज्छ—
तर शान्तिका लागि होइन,
अस्तित्व बचाउन।
पूजाका फूल
देवतालाई होइन,
हिन्दुको पीडालाई
चढाइँदैछन्।
हिन्दु भएकै भरमा
घर जलाइयो,
मन्दिर भत्काइयो,
इतिहास मेट्ने प्रयास भयो।
बालक–बालिकाको अस्मिता च्यातेर
हिन्दु पहिचानकै हत्या गरियो।
बोलेकै अपराधमा
हिन्दु युवक
दिपु चन्द्र दास मारिए,
मृत शरीर नाङ्ग्याइयो,
लात–मुक्का हानियो,
पेट्रोल खन्याएर
डरको सन्देश बनाइयो।
हजारौँ थिए—
तर हिन्दुको पक्षमा
उभिने आँट थिएन।
मोबाइल उठे—
तर हिन्दुका लागि
आत्मा उठेन।
प्रहरी थियो,
तर हिन्दु असुरक्षित।
मानव अधिकार थियो,
तर हिन्दु मानवता बाहिर।
धर्म कारण बनाइयो,
तर अपराध
हिन्दु विरुद्धको
घृणाको थियो।
हात हान्ने धेरै थिए,
हिन्दुलाई जोगाउने
कोही थिएन।
समाचार आयो,
श्रद्धाञ्जली झर्यो—
दुई–चार इमोजी।
तर हिन्दु आत्माको शान्तिका लागि
कुन संस्था आयो?
संयुक्त राष्ट्रसंघ?
मानव अधिकार आयोग?
कि हिन्दु पीडामा
सबै ढोका बन्द हुन्छ?
रिपोर्ट बन्यो,
फाइल बन्द भयो—
तर हिन्दु आत्मा
अझै न्याय खोज्दै
भौतारिरहेछ।
यदि हिन्दुलाई न्याय छैन भने
श्रद्धाञ्जली अपमान हो।
यदि हिन्दु मारिन्छ
र अपराधी हिँड्छ भने
मानव अधिकार
केवल कागज हो।
यो प्रश्न धर्मको मात्र होइन,
तर हिन्दुको अस्तित्वको हो।
के हिन्दु हुनु
अपराध हो?
अब हिन्दु उठ—
डरले होइन,
चेतनाले।
हिंसाले होइन,
आत्मरक्षाले।
घृणाले होइन,
आत्मसम्मानले।
हिन्दु धर्मको रक्षा गर—
पहिचान बचाऊ,
अस्तित्व जोगाऊ।













Discussion about this post