Nepal BBC
Tuesday, August 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

घरेलु तथा यौनजन्य हिंसाका सूचकांक तीव्र उकालो, ८८ प्रतिशत पीडक पुरुष

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १५, सोमबार ०७:०६
घरेलु तथा यौनजन्य हिंसाका सूचकांक तीव्र उकालो, ८८ प्रतिशत पीडक पुरुष

Loading

महेश सिंह लहान सिरहा- लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत ओरेक (महिला पुनर्स्थापना केन्द्र) ले सार्वजनिक गरेको ‘अन्वेषी २०८२’ प्रतिवेदनले मधेश प्रदेशमा महिला हिंसा सामाजिक चुनौतीभन्दा गहिरो संरचनागत संकटमा परिणत भएको गम्भीर चित्र प्रस्तुत गरेको छ।
प्रतिवेदनले घरेलु हिंसादेखि यौनजन्य अपराधसम्मका घटनाहरू गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढ्दै गएको प्रमाणसहित चेतावनी दिएको छ।

ओरेक मधेश प्रदेश संयोजक विणा सिंहका अनुसार दर्ता भएका अधिकांश घटनामा पीडित महिलाहरूले कानुनी प्रक्रिया अघि बढाउँदा सामाजिक बहिष्कार, चरित्रहत्या र मानसिक दवावजस्ता दुई तहको हिंसा सहनुपरेको देखिएको छ। प्रतिवेदनले बलात्कारका ९८ प्रतिशत घटनामा पीडितले न्याय प्रक्रियाकै क्रममा पुनःहिंसा भोगिरहेको उल्लेख गर्छ।

कार्यक्रम महिला मानव अधिकार रक्षक सञ्जाल मधेश प्रदेश, पिपुल इन निड, दिव्य विकास स्रोत केन्द्र र हामी दाजुभाइको संयुक्त आयोजनामा जनकपुरधाममा सम्पन्न भएको हो।

अन्वेषी प्रतिवेदन अनुसार ६२.३१ प्रतिशत महिलाले घरभित्रै हिंसा सहनुपरेको छ। घरेलु हिंसाका ५८.६२ प्रतिशत घटनामा पतिको संलग्नता र ८८.३ प्रतिशत सबै खालका लैंगिक हिंसामा पुरुषको भूमिकाले समाजमा रहेको असमान संरचनाको स्पष्ट प्रतिबिम्ब प्रस्तुत गर्छ।

मधेश प्रदेश प्रहरीका इन्स्पेक्टर सोनु कुमार साहले तीन वर्षे अभिलेख सार्वजनिक गर्दै प्रदेशभर जबरजस्ती करणी, दुर्व्यवहार र घरेलु हिंसाका घटनाहरू निरन्तर बढ्दो देखिएको जानकारी दिए। उनका अनुसार प्रहरीसमक्ष उजुरी आउने संख्या वास्तविक घटना भन्दा निकै कम हो।

कार्यक्रमकी प्रमुख अतिथि तथा प्रदेश सभा महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिकी सभापति रुपा यादवले महिलाका हक–अधिकार कानुनमा सुरक्षित भए पनि कार्यान्वयन कमजोर भएकै कारण हिंसा नघटेको बताइन्।
उनले भनिन्— “कानुनको अभाव होइन, कार्यान्वयन संयन्त्रको निष्क्रियताले हिंसा रोकिएको छैन।”

महिला मानव अधिकार रक्षक सञ्जाल संयोजक अधिवक्ता रेखा झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश प्रमुख बुध नारायण सहनी, धनुषा समन्वय समिति प्रमुख राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरकी उपप्रमुख संगिता ठाकुर, जनलोकपाल आयोगका उपसचिव देवकुमारी खत्रीलगायत सरकारी तथा गैर–सरकारी संस्थाका प्रतिनिधि सहभागी थिए।
कार्यक्रमले सुरक्षा संयन्त्र सुदृढीकरण, कानुनी पहुँच विस्तार, सामुदायिक सहकार्य र दीर्घकालीन सचेतना अभियानलाई मधेश प्रदेशमा बढ्दो महिला हिंसा रोकथामको अनिवार्य पूर्वशर्तका रूपमा औँल्याएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १५, सोमबार ०७:०६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १५, सोमबार ०७:०६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १५, सोमबार ०७:०६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १५, सोमबार ०७:०६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १५, सोमबार ०७:०६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १५, सोमबार ०७:०६
Next Post
उपचार सेवाप्रति रोगीको भरोसा बढाउन योगदान गरेबापत डा. सोनु गोईत सम्मानित

उपचार सेवाप्रति रोगीको भरोसा बढाउन योगदान गरेबापत डा. सोनु गोईत सम्मानित

सिरहामा मुसहर युवाको ‘शिक्षा–जागरण’ अभियान तेस्रो चरणमा

सिरहामा मुसहर युवाको ‘शिक्षा–जागरण’ अभियान तेस्रो चरणमा

प्रविधिको सही प्रयोग,हिंसा अन्त्य’-लैंगिक न्यायका संवाहक महिला

प्रविधिको सही प्रयोग,हिंसा अन्त्य’-लैंगिक न्यायका संवाहक महिला

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ मंसिर १५, सोमबार ०७:०६
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ मंसिर १५, सोमबार ०७:०६
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ मंसिर १५, सोमबार ०७:०६
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ मंसिर १५, सोमबार ०७:०६
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ मंसिर १५, सोमबार ०७:०६
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ मंसिर १५, सोमबार ०७:०६
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ मंसिर १५, सोमबार ०७:०६
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ मंसिर १५, सोमबार ०७:०६
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ मंसिर १५, सोमबार ०७:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.