![]()
महेश सिंह लहान सिरहा- खडक नगरपालिका–७ स्थित जनता राष्ट्रिय आधारभूत विद्यालय, कल्याणपुरलाई जङ फुडमुक्त, प्लास्टिकमुक्त र हरित विद्यालय घोषणा गरिएको छ। विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष यमना खातुनको अध्यक्षतामा बसेको विशेष कार्यक्रममा नगर प्रमुख जय प्रकाश चौधरी प्रमुख अतिथि रहे।
कार्यक्रममा नगर उपप्रमुख रीता कुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विजय कुमार मण्डल, वडा अध्यक्षहरू, शाखा प्रमुखहरू, विद्यालय प्रध्यानाध्यापकहरू तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति थियो।
प्रधानाध्यापक लक्ष्मीप्रसाद विश्वकर्माले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी संख्या ४५० पुगेको जानकारी दिए। नेपाल शिक्षक महासंघ खडकका अध्यक्ष दिनेश मण्डलले विद्यालय व्यवस्थापन र नेतृत्वको प्रशंसा गर्दै हरित विद्यालय अभियान प्रभावकारी रूपमा अघि बढिरहेको बताए।कार्यक्रम सेभ द चिल्ड्रेन, सबल नेपाल र खडक नगरपालिका शिक्षा शाखाको सहयोगमा सम्पन्न भएको हो।












Discussion about this post