![]()
महेश सिंह लहान सिरहा –मुक्ति नेपाल गोलबजारको आयोजनामा आयोजित यौन तथा प्रजनन स्वास्थ्य अधिकार (SRHR) सम्बन्धी तीन दिने तालिम विधिवत रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा कार्यक्षेत्रभित्र रहेका बालविवाहको जोखिममा परेका किशोरीहरू तथा किशोरी समूहका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिममा सहभागी किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका मौलिक अधिकार, किशोरीहरूको आत्मसम्मान, लैङ्गिक समानता र सुरक्षित जीवनका उपायहरू सम्बन्धमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
तीन दिनको तालिम अवधिभर सहभागीहरूले समूहगत छलफल, व्यवहारिक अभ्यास र अतिरिक्त क्रियाकलापमार्फत आफ्नो सीप तथा आत्मविश्वास अभिवृद्धि गरेका थिए।
कार्यक्रमको समापन सत्रमा प्रशिक्षकहरूले किशोरीहरूलाई स्वयं निर्णय गर्न सक्ने क्षमता विकास र समुदायमा सचेतना फैलाउने भूमिका निर्वाह गर्न प्रेरित गरेका थिए।
मुक्ति नेपाल गोलबजारका प्रतिनिधिहरूले आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई ग्रामीण स्तरसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
सिरहामा बालविवाह नियन्त्रण र किशोरी सशक्तीकरणतर्फको यो कार्यक्रमलाई सहभागीहरूले सकारात्मक र प्रभावकारी पहलका रूपमा मूल्याङ्कन गरेका छन्।














Discussion about this post