![]()
महेश सिंह लहान – Surunga Youth र Gen-Z सुरुङ्गा का युवाहरूले स्थानीय विकास, वातावरण संरक्षण र सुशासनका माग समेटिएका ३० बुँदे ज्ञापनपत्र सुरुङ्गा नगरप्रमुखलाई बुझाएका छन्।
युवाहरूले नगरको अव्यवस्थित योजना, नदी–खोला अतिक्रमण, फोहोर व्यवस्थापन र बेरोजगारी समस्या प्रति ध्यानाकर्षण गराउँदै तत्काल सुधारको माग गरेका छन्। ज्ञापनपत्र बुझाउने क्रममा युवाहरूले “किए दाबैची हमर ठोठ, मौजमे तु सब चियौ हमरे भोट” र “बेचके खाईची खोला नदि और झील, देबौ मुर्गा दारु कहैची हमरे से मील” जस्ता नाराहरूमार्फत स्थानीय सरकारप्रति असन्तुष्टि प्रकट गरेका थिए।
युवाहरूको भनाइमा, नगरपालिकाले जनताको विश्वास जितेर सत्ता सम्हाले पनि जनजीवनमा सुधार ल्याउन ठोस पहल गर्न सकेको छैन। उनीहरूले जनताको आवाजलाई बेवास्ता नगरी तुरुन्त कार्यान्वयनका कदम चाल्न नगर प्रमुखसँग आग्रह गरेका छन्।
सुरुङ्गाका सचेत युवाहरूको यो अभियानलाई स्थानीयले सकारात्मक रूपमा स्वागत गर्दै पारदर्शी र जवाफदेही नेतृत्वको माग गरेका छन्।














Discussion about this post