Nepal BBC
Thursday, April 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा वृक्षारोपणको असर निरीक्षण : खडेरीले सुकाएका रुख देखेर टोली चिन्तित

महेश सिंह by महेश सिंह
२०८२ श्रावण २, शुक्रबार १०:४३
सिरहामा वृक्षारोपणको असर निरीक्षण : खडेरीले सुकाएका रुख देखेर टोली चिन्तित

Loading

महेश सिंह, सिरहा-सिरहाका विभिन्न स्थानमा गरिएको वृक्षारोपण कार्यक्रमको स्थलगत अनुगमनका क्रममा खडेरी र हेरचाह अभावका कारण दर्जनौं बिरुवा सुकिसकेको पाइएको छ। असार ३१ गते बन डिभिजन कार्यालय लहानको समन्वयमा भएको अनुगमनमा सहभागी टोलीले रुखको अवस्था देखेर गम्भीर चासो व्यक्त गरेको छ।
डिभिजन प्रमुख सैलेन्द्र मिश्राको नेतृत्वमा सम्पन्न अनुगमनमा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो, जनमत पार्टीका जिल्ला संयोजक विनोद यादव, विभिन्न सञ्चारकर्मी तथा डिभिजनका कर्मचारी सहभागी थिए। टोलीले हुलाकी सडक किनारमा रोपिएका आँपलगायतका रुखको निरीक्षण गर्दा थुप्रै बिरुवा खडेरी र नियमित स्याहारको अभावमा मरेको अवस्थामा भेटिएको हो।
“यसरी रोपेका रुख मर्नु दुःखद् छ। अब यस्ता लापरवाही सहन सकिँदैन,” मिश्राले चेतावनी दिँदै भने, “सामेल निकायले मरेका रुख फेर्ने र संरक्षणमा ध्यान दिनुपर्नेछ।”
बन डिभिजन कार्यालयको बजेटमा सिरहाका दुई नर्सरीबाट झन्डै १ लाख ६१ हजार बिरुवा उत्पादन भएको छ। धनगढीमाई नगरपालिका–१० मा चन्द्र प्रकाश रायद्वारा सञ्चालित नर्सरीमा ६२ हजार बिरुवा उत्पादन भएको छ भने बन्दिपुरस्थित नर्सरीमा अधिकृत रामकेवल यादवको नेतृत्वमा २१ लाख ८६ हजार बजेटमा ९९ हजार ५ सय बिरुवा तयार पारिएको हो।
यी नर्सरीबाट टाँकी, अर्जुन, नीम, जामुन, गोलमोहर, इम्ली, अमला, बैरलगायतका बिरुवा स्थानीयवासीलाई निःशुल्क वितरण गरिनेछ।
जनमत पार्टीका जिल्ला संयोजक विनोद यादवले वृक्षारोपण अभियानले जमिनमा पानीको पुनर्भरण, जलवायु सन्तुलन र प्राकृतिक स्रोत संरक्षणमा ठूलो भूमिका खेल्ने बताए। उनले जङ्गल फडानी र अतिक्रमणले खडेरीको समस्या झन् बढाएको भन्दै दीर्घकालीन सोचसहित वृक्षारोपण गर्नुपर्ने धारणा राखे।
अनुगमन टोलीले मिर्चैयाको हिल पार्क र बन्दिपुरको उत्तराहिनी चिल्ड्रेन पार्कको अवस्थाबारे समेत जानकारी लिएको छ। हिल पार्कमा सामुदायिक बन समूहको सहकार्यमा ७० लाख लागतमा गेट, मन्दिर, बाटो, तारजालजस्ता संरचना निर्माण भइसकेको छ। चिल्ड्रेन पार्कमा वातावरण मन्त्रालयको ४४ लाख र स्थानीय श्रमदानको ३० लाख रुपैयाँ बराबरको लगानीमा कम्पाउन्ड, चौतारा, गोलमोहर रुखलगायत संरचना निर्माण भइरहेको छ।
पार्क निर्माण समितिका अध्यक्ष निलबहादुर राउतका अनुसार, यो क्षेत्रलाई वर्षैभरि पर्यटकीय आकर्षण बनाउने र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्य राखिएको छ। डिभिजन प्रमुख मिश्राले वृक्षारोपण कार्यलाई प्रभावकारी बनाउन नियमित अनुगमन, पुनः रोपाइँ र हरित विकास रणनीतिअनुसार कार्यक्रम अघि बढाइने जानकारी गराए।

महेश सिंह

महेश सिंह

Related Posts

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ श्रावण २, शुक्रबार १०:४३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ श्रावण २, शुक्रबार १०:४३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ श्रावण २, शुक्रबार १०:४३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ श्रावण २, शुक्रबार १०:४३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ श्रावण २, शुक्रबार १०:४३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ श्रावण २, शुक्रबार १०:४३
Next Post
सिरहामा ठूलो परिमाणको गाँजा बरामद, ७१७ केजीसहित मोटरसाइकल समेत नियन्त्रणमा

मुक्ति’को विरोधमा उत्रिए मुक्त हरवा चरवा

मुक्ति’को विरोधमा उत्रिए मुक्त हरवा चरवा

Discussion about this post

ताजा समाचार

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ श्रावण २, शुक्रबार १०:४३
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ श्रावण २, शुक्रबार १०:४३
शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

शिक्षा र संस्कारको समन्वय : मनकामना कलेजमा कक्षा १२ का विद्यार्थीको बिदाई

२०८२ श्रावण २, शुक्रबार १०:४३
सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

२०८२ श्रावण २, शुक्रबार १०:४३
लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

२०८२ श्रावण २, शुक्रबार १०:४३
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ श्रावण २, शुक्रबार १०:४३
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ श्रावण २, शुक्रबार १०:४३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ श्रावण २, शुक्रबार १०:४३
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ श्रावण २, शुक्रबार १०:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.