![]()
महेश सिंह लहान – मधेस प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ। पार्टी स्रोतका अनुसार वन तथा वातावरण मन्त्री त्रिभुवन शाह र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल अलि मियालाई फिर्ता बोलाएर नयाँ अनुहार सरकारमा पठाउने निर्णय गरिएको हो।
पार्टीको केन्द्रीय तहको निर्देशनमा उनीहरूको स्थानमा बसन्त कुशवाहा र सञ्जयकुमार यादवलाई मन्त्री बनाउने प्रक्रिया अघि बढाइएको स्रोतको दाबी छ। नेतृत्त्व परिवर्तनको औपचारिक प्रस्ताव मुख्यमन्त्री सरोजकुमार यादवलाई चाँडै बुझाइने जनाइएको छ।
जनमत पार्टीले मन्त्री परिवर्तनको कारणबारे आधिकारिक धारणा सार्वजनिक नगरे पनि आन्तरिक असन्तुष्टि र कार्यसम्पादनप्रति असन्तोष मुख्य कारण भएको बुझिएको छ।
यसअघि पनि जनमत पार्टीभित्र मन्त्रीहरूको भूमिकालाई लिएर बहस चल्दै आएको थियो। प्रदेश सरकारमा पार्टीको सहभागिता प्रभावकारी हुन नसकेको गुनासो नेताहरूबीच देखिँदै आएको छ।














Discussion about this post