Nepal BBC
Tuesday, June 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुरुङ्गा नगरपालिकामा नवप्रवेशी र सेवा निवृत्त शिक्षकको सम्मान कार्यक्रम सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ४, सोमबार ०८:४४
सुरुङ्गा नगरपालिकामा नवप्रवेशी र सेवा निवृत्त शिक्षकको सम्मान कार्यक्रम सम्पन्न

Loading

महेश सिंह लहान – सुरुङ्गा नगरपालिका वडा नम्बर २ को आयोजनामा नवप्रवेशी तथा सेवा निवृत्त शिक्षकहरूको स्वागत,बिदाई तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सप्तरीको भेडियास्थित होटल वृन्दावनमा आयोजित उक्त कार्यक्रममा शिक्षक सम्मानसँगै हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो।
कार्यक्रम वडा अध्यक्ष अर्जुन खपाङ्गीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि नगर उप–प्रमुख रुद्र बहादुर कार्की रहनुभएको कार्यक्रममा शिक्षा शाखा प्रमुख हिरा लाल राना, ईलाका प्रहरी कार्यालय भेडियाका प्रहरी निरीक्षक रञ्जन गिरी, शिशवारी क्याम्पस प्रमुख कृष्ण तिमल्सिना,माओवादी नेता शिवा थारु लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा शिक्षक सेवा परीक्षा उत्तीर्ण गरी शिक्षण पेशामा प्रवेश गरेका कोशीका कुमारी आले मगर, सुनिता कुमारी चौधरी,छबिलाल मगर, बिबेकानन्द चौधरी लगायतका नवप्रवेशी शिक्षकलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो। त्यस्तै, शिक्षण सेवाबाट अवकाश प्राप्त गरेका बच्चे लाल चौधरी र अन्नती लाल चौधरीलाई उच्च सम्मानका साथ बिदाई गरियो।

शिक्षा क्षेत्रको प्रवर्द्धनका लागि डिजिटल हाजिरीजवाफ प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। प्रतियोगितामा नगरपालिकाभित्रका पाँच विद्यालय र दुई बाल क्लबको सहभागिता रहेको थियो।
प्रतियोगितामा जन प्रवात मावि, दौतलपुर प्रथम स्थान हासिल गर्न सफल भयो भने जनता मावि, भेडिया दोस्रो तथा सरस्वती चाइल्ड क्लब, कमलपुर तेस्रो भए। सान्त्वना पुरस्कार शाइनिङ स्टार चाइल्ड क्लब, जनता मावि शिशुवरी र शुभकामना चाइल्ड क्लब, मावि मलहनामाले प्राप्त गरे। विजयी विद्यार्थीहरूलाई ट्रफी, मेडल र टीका लगाएर सम्मान गरियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले शिक्षा र स्वास्थ्य क्षेत्रमा स्थानीय सरकार अझ बढी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि यस्ता कार्यक्रमले शिक्षक र विद्यार्थी दुवैलाई हौसला प्रदान गर्ने बताउनुभयो।
सभाध्यक्ष खपाङ्गीले वडास्तरीय रूपमा पहिलोपटक यति ठूलो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै विद्यार्थीहरूलाई लोक सेवा तथा सरकारी सेवामा आकर्षित गर्ने उद्देश्य रहेको बताउनुभयो।
उक्त कार्यक्रम वडा कार्यालयको आयोजनामा स्थानीय सनसाइन बोर्डिङ स्कुलको सहकार्यमा सम्पन्न भएको थियो। सहभागीहरूका अनुसार यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिए शिक्षाक्षेत्रमा सुधार ल्याउन सकिने विश्वास गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ चैत्र ४, सोमबार ०८:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ चैत्र ४, सोमबार ०८:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ चैत्र ४, सोमबार ०८:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ चैत्र ४, सोमबार ०८:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ चैत्र ४, सोमबार ०८:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ चैत्र ४, सोमबार ०८:४४
Next Post
मधेश सरकारको चेतावनी: गोलाप्रथा लागू नभए एसईई परीक्षा बहिष्कारको सम्भावना

मधेश सरकारको चेतावनी: गोलाप्रथा लागू नभए एसईई परीक्षा बहिष्कारको सम्भावना

जनकपुरमा वित्तीय अराजकताविरुद्ध आन्दोलन सुरु

जनकपुरमा वित्तीय अराजकताविरुद्ध आन्दोलन सुरु

लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८१ चैत्र ४, सोमबार ०८:४४
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८१ चैत्र ४, सोमबार ०८:४४
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८१ चैत्र ४, सोमबार ०८:४४
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८१ चैत्र ४, सोमबार ०८:४४
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८१ चैत्र ४, सोमबार ०८:४४
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८१ चैत्र ४, सोमबार ०८:४४
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८१ चैत्र ४, सोमबार ०८:४४
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८१ चैत्र ४, सोमबार ०८:४४
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८१ चैत्र ४, सोमबार ०८:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...