Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जनकपुरमा वित्तीय अराजकताविरुद्ध आन्दोलन सुरु

महेश सिंह by महेश सिंह
२०८१ चैत्र ५, मंगलवार १०:१४
जनकपुरमा वित्तीय अराजकताविरुद्ध आन्दोलन सुरु

Loading

महेश सिंह लहान-मधेश प्रदेशको जनकपुरधाममा वित्तीय अराजकताविरुद्ध अभियान सुरु भएको छ। वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ) को अगुवाइमा भएको कार्यक्रममा वित्तीय अनियमितताबाट पीडितहरूलाई एकजुट हुन आह्वान गरिएको छ।
“बाँचौं, सघाऔं र अघि बढौं, आफ्नो न्यायका लागि जुटौं” भन्ने सन्देशसहित सुरु भएको अभियानले वित्तीय पारदर्शिता र सुशासनका लागि दबाब सिर्जना गर्ने लक्ष्य लिएको छ।
कार्यक्रम निधि भवन, जनकपुरधाममा सम्पन्न भयो।

लघुवित्तविरुद्ध संघर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञावाली ले लघुवित्त संस्थाहरूको आर्थिक शोषणविरुद्ध कडा संघर्ष गर्नुपर्ने बताए। उनले २०८४ को निर्वाचनमा पीडित समुदायले सचेत भएर मतदान गर्नुपर्ने भन्दै राज्यलाई चेतावनी दिए।
नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र नाथ खनाल ले लघुवित्त पीडितहरूसँग रहने प्रतिबद्धता जनाउँदै आर्थिक शोषण गर्नेहरूमाथि कारबाही गर्नुपर्ने धारणा राखे। “अब लघुवित्तको नाममा ठगी गर्नेहरूलाई ठेगान लगाएरै छाड्छौं,” उनले भने।


कार्यक्रममा सिरहा, सप्तरी, धनुषा लगायतका जिल्लाका लघुवित्त पीडित महिलाहरूको उल्लेखनीय उपस्थिति थियो। पीडित महिलाहरूले ऋणको बोझले मानसिक तनाव, घरबारविहीनता र आत्महत्यासम्मका घटनाहरू बढ्दै गएको गुनासो गरे।
सहकारी पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष कुशलभ केसी ले सहकारी पीडितहरूको पक्षमा सशक्त संघर्ष गर्ने प्रतिबद्धता जनाए। “हामी सहकारी ठगहरूलाई कानुनी दायरामा ल्याएरै छाड्छौं,” उनले भने।


लघुवित्त र सहकारी पीडित संघर्ष समितिले चैत १७ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ। देशभरका पीडितहरूलाई काठमाडौं आउने आह्वान गरिएको छ।
अभियानले वित्तीय पारदर्शिता, सुशासन र पीडितहरूको हक-अधिकार सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। नीति निर्माताहरूसँग निरन्तर संवाद गर्दै वित्तीय अराजकताविरुद्ध कानूनी सुधारको पहल गरिनेछ।
जनकपुरधामबाट सुरु भएको यो आन्दोलन काठमाडौंसम्म फैलिँदै सशक्त दबाब समूहको रूपमा अगाडि बढ्ने संकेत देखिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

२०८१ चैत्र ५, मंगलवार १०:१४
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८१ चैत्र ५, मंगलवार १०:१४
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ चैत्र ५, मंगलवार १०:१४
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८१ चैत्र ५, मंगलवार १०:१४
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८१ चैत्र ५, मंगलवार १०:१४
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८१ चैत्र ५, मंगलवार १०:१४
Next Post
लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

लहान प्यारागन स्कुलमा भव्यरुपमा बिदाइ कार्यक्रम सम्पन्न

सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

सिरहामा भव्य योग शिविर सम्पन्न, स्वास्थ्यप्रति स्थानीयको उत्साहजनक सहभागिता

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहाको नयाँ नेतृत्व चयन

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ सिरहाको नयाँ नेतृत्व चयन

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

२०८१ चैत्र ५, मंगलवार १०:१४
सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८१ चैत्र ५, मंगलवार १०:१४
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८१ चैत्र ५, मंगलवार १०:१४
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८१ चैत्र ५, मंगलवार १०:१४
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८१ चैत्र ५, मंगलवार १०:१४
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८१ चैत्र ५, मंगलवार १०:१४
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८१ चैत्र ५, मंगलवार १०:१४
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०८१ चैत्र ५, मंगलवार १०:१४
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०८१ चैत्र ५, मंगलवार १०:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...