![]()
अहिले नेपालको पूर्वी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बदली भएकाे मौसमविद्हरुले बताएका छन् । काठमाण्डौ उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेकाले उडान र अवतरण ठप्प भएकाे छ । उडान अवतरण बन्द हुँदा हवाई यात्रा गर्नेहरुलाई असहज भएको छ । अहिले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका विभिन्न भू–भागमा हुस्सु/कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ । आउँदाे २४ घण्टामा तराईका केही भू–भागमा बिहानीपख हुस्सु, कुहिरो लाग्ने र देशका प्रायजसाे भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाे विभागले जनाएकाे छ ।

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)
ईमेल: [email protected]
News Editer:- [email protected]
© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.
© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.
Discussion about this post