![]()
महेश सिंह लहान सिरहा –स्वर्गीय पत्रकार लोकेंद्र बुढाथोकीको स्मृतिमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाद्वारा स्थापित स्व. लोकेंद्र बुढाथोकी पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार विनयकुमार लाल कर्णलाई प्रदान गरिएको छ।
पत्रकारितामार्फत सत्य, निष्पक्षता र सामाजिक उत्तरदायित्वलाई निरन्तर आत्मसात् गर्दै आएका कर्णलाई सो पुरस्कार प्रदान गर्दै महासंघले उनको योगदानको उच्च मूल्यांकन गरेको जनाएको छ। पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रमुख अतिथिका रूपमा सहभागिता जनाउँदै सम्मान प्रदान गरेको थियो।
समारोहमा वक्ताहरूले स्व. लोकेंद्र बुढाथोकीले पत्रकारिताको क्षेत्रमा पुर्याएको योगदान स्मरण गर्दै उनको आदर्श र मूल्यलाई जोगाइराख्न यस्तो पुरस्कार स्थापना गरिएको उल्लेख गरे। साथै, पत्रकार विनयकुमार लाल कर्णको कर्मठता, निष्पक्ष रिपोर्टिङ र सामाजिक सरोकारप्रतिको प्रतिबद्धता युवा पत्रकारहरूका लागि प्रेरणाको स्रोत बनेको धारणा व्यक्त गरियो।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पुरस्कारमार्फत जिल्लास्तरमा क्रियाशील पत्रकारहरूको हौसला अभिवृद्धि गर्नुका साथै उत्तरदायी र मर्यादित पत्रकारितालाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको जनाएको छ।
पुरस्कार प्राप्त गरेपछि पत्रकार कर्णलाई विभिन्न सञ्चारकर्मी, शुभेच्छुक तथा पत्रकार महासंघका पदाधिकारीहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।














Discussion about this post