![]()
महेश सिंसा लहान — लहान–३ अस्पताल चोकमा अवस्थित प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएस अध्ययनका लागि खुला प्रतिस्पर्धाबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। पटक–पटकको प्रयासपछि उनले हेटौंडा मनमोहन मेमोरियल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि सिफारिस सूचीमा स्थान बनाएका हुन्।
यादवले २०७२ सालमा प्यारागन स्कुलबाट एसईई उत्तीर्ण गरेका थिए भने त्यसपछि विराटनगरस्थित कान्तिपुर कलेजबाट प्लस–टु (साइन्स) अध्ययन पूरा गरेका थिए। एमबीबीएस प्रवेश परीक्षामा सहभागी १ लाख ८१ हजार ८१ विद्यार्थीमध्ये उनले सियल नम्बर ४४३ कायम गर्दै सफलता हासिल गरेका हुन्।
पूर्व विद्यार्थीको उल्लेखनीय उपलब्धिलाई सम्मान गर्दै प्यारागन स्कुलका प्रिन्सिपल उमेश चौधरीको नेतृत्वमा विद्यालयमा बृहत सम्मान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा यादवलाई खादा, माला, अबिरको टीका र प्रशंसा पत्र प्रदान गर्दै आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो। उक्त कार्यक्रमले विद्यार्थीको मनोबल र हौसला उच्च बनाएको सहभागीहरूको भनाइ छ।
सानै उमेरदेखि प्यारागन स्कुलमै अध्ययन गर्दै आएका यादव सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेलहीका स्थायी बासिन्दा हुन्। उनी बिल्टु यादव र रामकुमारी देवी यादवका जेठा छोरा हुन्। निरन्तर परिश्रम, अनुशासन र दृढ इच्छाशक्तिका कारण उनले चिकित्सा शिक्षातर्फको लक्ष्य हासिल गर्न सफल भएको विद्यालय पक्षले जनाएको छ।
स्थानीय स्तरबाट राष्ट्रिय प्रतिस्पर्धामा सफल हुँदै चिकित्सक बन्ने बाटो समातेका यादवको सफलतालाई उदाहरणीय उपलब्धि गरेका हुन्। दिपेन्द्र सप्तरी जिल्लामा चर्चाको विषय बनेका हुन्।













Discussion about this post