![]()
महेश सिंह लहान – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड, मधेश प्रदेश अन्तर्गत बर्दिवास क्लस्टरको उपशाखा कार्यालय इमलीचौक ले आफ्ना सदस्य परिवारलाई आर्थिक सहयोग वितरण गरेको छ।
केन्द्र नं. १ मा आवद्ध सदस्य निलम कुमारी महतो काे सासुको निधन भएकाले संस्थाले रु. ५,००० काजकिरिया खर्च सहयोगस्वरूप प्रदान गरेको उपशाखाले जनाएको छ।
त्यसैगरी, केन्द्र नं. २ की सदस्य सरिता कुमारी महतो लाई संस्थाले रु. २,००० सुत्केरी भत्ता वितरण गरेको छ।
सहयोग वितरण कार्यक्रम केन्द्रका सदस्य, फिल्ड कर्मचारी तथा शाखा प्रमुख को उपस्थितिमा सम्पन्न भएको हो। उपशाखा कार्यालय इमलीचौकका रोबिन चौधरीका अनुसार संस्थाले नियमित रूपमा सदस्यका आर्थिक–सामाजिक संकटमा सहुलियत सहयोग पुर्याउँदै आएको छ।














Discussion about this post