![]()
महेश सिंह लहान- कम्प्युटर तथा सूचना–प्रविधि व्यवसायीहरूको छाता संगठन कम्प्युटर एशोसियसन नेपाल महासंघ (CAN Federation) सिराहा को १६औँ साधारणसभा आगामी २०७२ मंसिर ६ गते, शनिबार लहानमा हुने भएको छ।
साधारणसभा लहान–१ स्थित स्मार्ट इन होटलमा आयोजना गरिने कार्यक्रमका लागि तयारी पूरा भएको CAN सिराहा शाखाले जनाएको छ।
साधारणसभामा जिल्लाभरका कम्प्युटर व्यवसायी, आईटी सेवा प्रदायक, प्रविधि उद्यमी तथा सरोकारवाला प्रतिनिधिहरूको सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रमले आगामी वर्षका योजना, नीति दिशा–निर्देश, सदस्यता नवीकरण तथा संगठन सुदृढीकरणका विषयमा छलफल गर्नेछ।CAN महासंघका अनुसार, डिजिटल नेपाल निर्माणको लक्ष्यअनुरूप सूचना–प्रविधिलाई व्यवस्थित र दिगो बनाउने उद्देश्य साधारणसभाले अघि बढाउनेछ।
वार्षिक गतिविधि समीक्षा, आर्थिक प्रतिवेदन तथा भावी कार्यक्रमको खाका प्रस्तुत गरी साधारणसभाबाट आवश्यक निर्णय पारित गरिने आयोजनाकर्ताले जनाएको छ।












Discussion about this post