![]()
महेश सिंह लहान — सप्तरीको महादेवा गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा), नेपालको पार्टी प्रवेश कार्यक्रम आज भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख आतिथ्यका रूपमा पार्टीका केन्द्रीय अध्यक्ष श्रदेय माननीय उपेन्द्र यादवज्यू उपस्थित रहनुभएको थियो।
कार्यक्रममा करिब २०० जना विभिन्न राजनीतिक दलहरू परित्याग गरी जसपा, नेपालमा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष यादवले मधेशको अधिकार, स्वाभिमान र समावेशी राजनीतिको मार्गमा जसपाको भूमिकालाई अझ सबल बनाउन सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा प्रदेश र जिल्ला स्तरका नेताहरू, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले जसपा नेपालको नीति, दृष्टिकोण र जनमुखी अभियानप्रति विश्वास व्यक्त गर्दै मधेशको हितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिवद्धता जनाए। कार्यक्रमको अन्त्यमा नवप्रवेशीहरूलाई स्वागत तथा शुभकामना आदान–प्रदान गर्दै “जय मधेश” नारासहित कार्यक्रम सम्पन्न गरिएको थियो।














Discussion about this post