Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

चौलेन्द्रलाई महाअभियोग लगाउने ९ आधार, समितिले बुझायो प्रतिवेदन

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन २, आईतवार ०४:१३
चौलेन्द्रलाई महाअभियोग लगाउने ९ आधार, समितिले बुझायो प्रतिवेदन

Loading

काठमाडौ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबरालाई महाअभियोग लगाउने सिफारिस प्रतिवेदन सभामुख अग्नि सापकोटालाई बुझाएको छ। शनिबारको बैठकपछि समितिका सभापति राम विष्टले प्रतिवेदन बुझाएका हुन्। शनिबार अबेर साँझ समितिले चोलेन्द्रमाथि महाअभियोग सिफारिस गर्ने निर्णय गरेको हो।

समितिले चोलेन्द्र शमसेरविरूद्ध महाअभियोग लगाउनुपर्ने ९ आधार तथा कारणहरू निम्न रहेको छ।

१. बादी नेपाल सरकार र प्रतिवादी रमनकृष्ण (रञ्जन) कोइराला भएको कर्तव्य ज्यान मुद्दामा सजाय घटाइ कानुनको गम्भीर रूपमा उल्लंघन गरेको।

२. संवैधानिक नियुक्ति सम्बन्धी मुद्दालाई सुनुवाइ प्रकियामा नलगी न्यायाधीशले पालना गर्नुपर्ने आचार संहिताको गम्भीर उल्लंघन गरेको।

३. संसद विघटन सम्बन्धी मुद्दामा संलग्न पाँच जना न्यायाधीसलाई महाभियोग लगाइदिन भनी निजले समितिमा बयानका क्रममा भनेको देखिँदा न्यायापालिकाले स्वतन्त्रतापूर्वक गर्नुपर्ने काम नगरी कार्यकारिणीका मानिससँग सल्लाह गर्ने गरेको पुष्टि भई निष्पक्ष रूपमा कार्य सम्पादन गर्ने कार्य क्षमताको अभाव रहेको देखिएको।
४. सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम सर्वोच्च अदालत भवन निर्माण सम्बन्धी ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान नगरी कानुनको गम्भीर उल्लंघन गरेको।

५. संवैधानिक नियुक्ति सम्बन्धी बैठकमा निष्पक्ष भूमिका खेल्न नसकेको।

६. कानुन व्यवसायी, पक्ष लगायतका न्यायका उपभोक्ताले अदालत प्रति विश्वास हुन नसक्ने वातावरण बनाइ न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न चिह्न खडा भएको।

७. कृष्णमान विरूद्ध हंसमान सिंहको मुद्दा, प्रेरणा शाहको मुद्दा, वीरगञ्जको सार्वजनिक पोखरी सम्बन्धी मुद्दा, क्यासिनोको सञ्चालन तथा राजश्व सम्बन्धी मुद्दा, एनसेलको कर छलीको मुद्दा लगायतमा कानुनको व्याख्यामा गम्भीर त्रुटि गरेको देखिएको।

८. निज प्रधानन्यायाधीस नियुक्ति हुनु पूर्व भएको संसदीय सुनुवाइमा गरेका प्रतिबद्धता पूरा गर्न नसकी पदीय जिम्मेवारी र कर्तव्य पूरा गर्न नसकेको।

९. न्याय प्रशासनको अन्तिम जिम्मेवारी लिने संवैधानिक व्यवस्था बमोजिमको कर्तव्य पूरा गर्न नसकेको।

समितिले प्रतिवेदनमा थप दुई सुझाव पनि दिएको छ-

क. उपरोक्त केही विषयमा थप अध्ययन, अनुसन्धान अझै गर्नु पर्ने देखिएको तर यस संसदमा पर्याप्त समय अभाव भएकाले संविधानको धारा १०१ को उपधारा (६) बमोजिम अर्को प्रतिनिधिसभाको बैठकमा पेस गरी टुंगो लगाउनु पर्ने।

ख. आरोप लागेका प्रधानन्यायाधीस चोलेन्द्र जबराले सर्वोच्चको भवन निर्माणमा अनियमितता गरेको र विभिन्न मुद्दामा आर्थिक लेनदेन गरी अकुत सम्पत्ति कमाएको विषयमा थप अध्ययन कार्य अघि बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभागमा लेखी पठाउन समेत सिफारिस गरिन्छ।

शनिबार समितिमा भएका सत्तागठबन्धनका सांसदको बहुमतमा चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस गरिएको हो। समितिमा गठबन्धनका ६ जना सांसद छन् भने एमालेका ४ जना र लोसपा एक जना छन्।

एमाले र लोसपाका सांसदहरूले भने ‘नोट अफ डिसेन्ट’ लेख्दै चोलेन्द्रमाथि छानबिन बाँकी नै भएको बताएका छन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन २, आईतवार ०४:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन २, आईतवार ०४:१३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ आश्विन २, आईतवार ०४:१३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ आश्विन २, आईतवार ०४:१३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ आश्विन २, आईतवार ०४:१३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ आश्विन २, आईतवार ०४:१३
Next Post
इप्रका कृष्णनगरको सफलता २.७ के.जी . चरेस सहित २ जना पक्राउ

इप्रका कृष्णनगरको सफलता २.७ के.जी . चरेस सहित २ जना पक्राउ

अधिकृत दिलिप यादव द्वारा खेलाडी बिदाई

अधिकृत दिलिप यादव द्वारा खेलाडी बिदाई

सप्तरी ४ मा राजेश विद्रोहीसँग विसेन्द्र पासवान लड्ने

सप्तरी ४ मा राजेश विद्रोहीसँग विसेन्द्र पासवान लड्ने

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ आश्विन २, आईतवार ०४:१३
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ आश्विन २, आईतवार ०४:१३
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ आश्विन २, आईतवार ०४:१३
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ आश्विन २, आईतवार ०४:१३
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ आश्विन २, आईतवार ०४:१३
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ आश्विन २, आईतवार ०४:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.