Nepal BBC
Monday, November 17, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज गर्न माग जिल्ला प्रशासनमा ज्ञापन पत्र

महेश सिंह by महेश सिंह
२०८२ भाद्र २, सोमबार १३:१५
निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान खारेज गर्न माग जिल्ला प्रशासनमा ज्ञापन पत्र

Loading

महेश सिंह, लहान-शिक्षा ऐन संशोधनमार्फत ल्याइएको विद्यालय शिक्षा सम्बन्धी विधेयकमा समावेश गरिएको निजी विद्यालयलाई ‘गैरनाफामूलक’ बनाउने र पूर्ण छात्रवृत्ति दिने प्रावधानविरुद्ध सिरहामा ज्ञापनपत्र बुझाइएको छ।
बिहीबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) विश्व प्रकाश अर्याल र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपकराज कोलोनीलाई अलगअलग भेटी ज्ञापनपत्र बुझाउँदै निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) सिरहाले प्रावधान तत्काल खारेज गर्न सरकारलाई आग्रह गरेको हो।
प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीले चार दशकदेखि निजी विद्यालयले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै लगानीकर्ताको हक अधिकारमाथि प्रहार हुने गरी नीति ल्याइएको आरोप लगाए। उनका अनुसार निजी विद्यालयहरूले करिब ४ लाख रोजगारी सिर्जना, २४ लाख विद्यार्थीलाई गुणस्तरीय शिक्षा र देशको कुल ग्राहस्थ उत्पादनमा ७.२४ प्रतिशत योगदान दिइरहेका छन्।
प्याब्सनले ज्ञापनपत्रमार्फत चार माग अघि सारेको छ ‘गैरनाफामूलक’ शब्द हटाउन,पूर्ण छात्रवृत्ति प्रावधान खारेज गर्न,प्रचलित १० प्रतिशत छात्रवृत्ति व्यवस्था कायम राख्न,छात्रवृत्तिमा भर्ना,वार्षिक र मासिक शुल्क कायम गर्न। संविधानले प्रत्याभूत गरेको पेशा, व्यवसाय र लगानी सुरक्षाविपरीत नीति ल्याइए आन्दोलनमा उत्रनुपर्ने चेतावनी समेत दिइएको छ।
ज्ञापनपत्र बुझ्दै सीडीओ अर्यालले मागबारे छिट्टै माथिल्लो निकायमा जानकारी दिने बताएका छन्। त्यस्तै शिक्षा इकाई प्रमुख कोलोनीले समेत सोही प्रतिबद्धता जनाएका छन्।
प्याब्सनको टोलीमा वरिष्ठ उपाध्यक्ष उमेश यादव, एन–प्याब्सनका जिल्ला अध्यक्ष प्रदीप तिवारी, मुरारी साह, मनोज सिंह, भरत यादव, निरज चौधरीलगायत सयौंको उपस्थिति थियो।
संगठनले शुक्रबार देशभर एकैसाथ प्रमुख जिल्ला अधिकारी र शिक्षा प्रमुखलाई ज्ञापनपत्र बुझाउने र माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८२ भाद्र २, सोमबार १३:१५
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

Next Post
सिरहामा नातेदारलाई नागरिकता सिफारिस, धनगढीमाईका वडाध्यक्ष ठाकुर माथि छानबिनको माग

उपेन्द्र यादवमाथि लगाइएको गौर हत्या मुद्दा झुठो भन्दै जसपाको विरोध प्रदर्शन

बलान पुलदेखि लहान बजारसम्म सयौं बससहित विरोध र्‍याली

Discussion about this post

ताजा समाचार

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

२०८२ भाद्र २, सोमबार १३:१५
सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

२०८२ भाद्र २, सोमबार १३:१५
२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२५ औं सधारण सभाबाट हातीदहको अध्यक्षमा पुनः रुद्र नारायण चौधरी

२०८२ भाद्र २, सोमबार १३:१५
कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०८२ भाद्र २, सोमबार १३:१५
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०८२ भाद्र २, सोमबार १३:१५
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०८२ भाद्र २, सोमबार १३:१५
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.