Nepal BBC
Sunday, December 7, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

महेश सिंह by महेश सिंह
२०८१ पुष २४, बुधबार ०४:३०
लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

Loading

लायन्स क्लब अफ फूलवारीद्वारा दिपमालाको अवसरमा वृक्षारोपण र शैक्षिक सामग्री वितरण

महेश सिंह लहान, पुस २२ – सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्स क्लब अफ फूलवारीले लहान नगरपालिका-२३, गढास्थित श्री सरस्वती आधारभूत विद्यालयमा वृक्षारोपण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका चार्टर प्रेसिडेन्ट राकेश कुमार झाका अनुसार यो कार्यक्रम दिपमाला र चन्दन गुप्ताका पुत्र नयनराज गुप्ताको जन्मोत्सवको अवसरमा आयोजना गरिएको हो।


कार्यक्रमको प्रारम्भ बिहान ९ बजे वृक्षारोपण अभियानबाट गरिएको थियो। विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरी वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गरियो। त्यसपछि विद्यालयका सबै विद्यार्थीहरूलाई शैक्षिक सामग्रीको रूपमा झोला वितरण गरियो। क्लबका अध्यक्ष शङ्कर प्रसाद गुप्ताका अनुसार झोला वितरणले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहित गर्ने उद्देश्य राखिएको हो।

कार्यक्रममा लायन्स क्लब अफ फूलवारीका पदाधिकारी सदस्यहरू, चार्टर प्रेसिडेन्ट राकेश कुमार झा, पूर्व वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता, वर्तमान वडाध्यक्ष बद्री नारायण यादव, विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादव, अभिभावकहरू, र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।
वर्तमान वडाध्यक्ष बद्री नारायण यादवले पूर्व वडाध्यक्ष कन्हैया प्रसाद गुप्ताको योगदानको प्रशंसा गर्दै नयनराज गुप्ताको जन्मदिनलाई सामाजिक र शैक्षिक कार्यमार्फत मनाउनुभएको प्रयासलाई उदाहरणीय भने। विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले क्लबद्वारा गरिएका यी कार्यहरूले विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
चार्टर प्रेसिडेन्ट राकेश कुमार झाले क्लबले स्वास्थ्य, सरसफाइ, शिक्षा, र वातावरणीय सुधार जस्ता क्षेत्रमा गर्दै आएको कामको चर्चा गर्दै यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए। “लायन्स क्लब अफ फूलवारीले सामाजिक र मानवीय हितका क्षेत्रमा गरेको योगदानले गौरव महसुस गर्न सकिने आधार तयार गरेको छ,” उनले भने।


कार्यक्रमले विद्यालयमा शैक्षिक सहायताको पहुँच पुर्‍याउनका साथै वातावरणीय संरक्षणको महत्त्वलाई पनि प्रवर्द्धन गरेको छ। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरूमा उत्साह देखिएको थियो। अभिभावकहरूले पनि क्लबद्वारा गरिएको प्रयासप्रति आभार प्रकट गर्दै यस्ता गतिविधिहरूले समाज सुधारमा सहयोग पुर्‍याउने धारणा राखे।लायन्स क्लब अफ फूलवारीले यसअघि पनि शिक्षा, स्वास्थ्य, र सरसफाइमा योगदान गर्दै आएको छ। सामाजिक सेवाका यस्ता कार्यले क्लबलाई एक आदर्श संस्थाको रूपमा स्थापित गर्न सहयोग पुगेको छ। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्ष शङ्कर प्रसाद गुप्ताले प्रतिबद्धता व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८१ पुष २४, बुधबार ०४:३०
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८१ पुष २४, बुधबार ०४:३०
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८१ पुष २४, बुधबार ०४:३०
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८१ पुष २४, बुधबार ०४:३०
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८१ पुष २४, बुधबार ०४:३०
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८१ पुष २४, बुधबार ०४:३०
Next Post
राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

अम्ही केन्द्रले वार्षिक मूल्याङ्कनमा उत्कृष्टता हासिल गर्दै प्रथम स्थान प्राप्त

अम्ही केन्द्रले वार्षिक मूल्याङ्कनमा उत्कृष्टता हासिल गर्दै प्रथम स्थान प्राप्त

राष्ट्रिय सेवा दलको ५०औं दीक्षान्त समारोह सम्पन्न

राष्ट्रिय सेवा दलको ५०औं दीक्षान्त समारोह सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

लहानमा ‘फुड एन्ड कल्चरल कार्यक्रम’ : विद्यार्थीमार्फत संस्कृति जगेर्नाको अभियान

२०८१ पुष २४, बुधबार ०४:३०
छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

छोरीको खोजीमा आमाको गुहार : कडरबोना प्रहरीले अपराधीलाई संरक्षण गरेको परिवारको दाबी

२०८१ पुष २४, बुधबार ०४:३०
जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

जनमत पार्टी सिरहाले पवन कुमार यादवलाई जिल्ला सूचना प्रमुख नियुक्त

२०८१ पुष २४, बुधबार ०४:३०
पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

पूर्वमन्त्री चौधरीको सहयोगमा खडक–३ बनरझुलामा अपाङ्ग, दलित–असहायलाई ब्लाङ्केट वितरण

२०८१ पुष २४, बुधबार ०४:३०
लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

लहानमा निजी विद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा २८ विद्यालयको सहभागिता

२०८१ पुष २४, बुधबार ०४:३०
लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

लहान-१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत लहान नगरपालिका–१५ मा र्‍याली र कोण सभा

२०८१ पुष २४, बुधबार ०४:३०
गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

गोलबजार नगरपालिकामा सुरक्षित खानेपानीका लागि पानी परीक्षण ल्याब सामग्री हस्तान्तरण

२०८१ पुष २४, बुधबार ०४:३०
कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

कल्याणपुरमा जनमत पार्टीको बैठक : संगठन सुदृढीकरण र निर्वाचन तयारीमा छलफल

२०८१ पुष २४, बुधबार ०४:३०
औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

औषधि ऐन संशोधनको मागमा लहानमा जोरदार र्याली

२०८१ पुष २४, बुधबार ०४:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

 

Loading Comments...