Nepal BBC
Thursday, August 6, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

महेश सिंह by महेश सिंह
२०८१ पुष २४, बुधबार ०४:३०
लायन्स क्लब अफ फूलवारीको नेतृत्वमा शैक्षिक र वातावरणीय योगदान

Loading

लायन्स क्लब अफ फूलवारीद्वारा दिपमालाको अवसरमा वृक्षारोपण र शैक्षिक सामग्री वितरण

महेश सिंह लहान, पुस २२ – सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्स क्लब अफ फूलवारीले लहान नगरपालिका-२३, गढास्थित श्री सरस्वती आधारभूत विद्यालयमा वृक्षारोपण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ। क्लबका चार्टर प्रेसिडेन्ट राकेश कुमार झाका अनुसार यो कार्यक्रम दिपमाला र चन्दन गुप्ताका पुत्र नयनराज गुप्ताको जन्मोत्सवको अवसरमा आयोजना गरिएको हो।

कार्यक्रमको प्रारम्भ बिहान ९ बजे वृक्षारोपण अभियानबाट गरिएको थियो। विद्यालय परिसरमा विभिन्न प्रजातिका वृक्षारोपण गरी वातावरण संरक्षणप्रति सचेतना अभिवृद्धि गरियो। त्यसपछि विद्यालयका सबै विद्यार्थीहरूलाई शैक्षिक सामग्रीको रूपमा झोला वितरण गरियो। क्लबका अध्यक्ष शङ्कर प्रसाद गुप्ताका अनुसार झोला वितरणले विद्यार्थीहरूलाई अध्ययनमा थप प्रोत्साहित गर्ने उद्देश्य राखिएको हो।

कार्यक्रममा लायन्स क्लब अफ फूलवारीका पदाधिकारी सदस्यहरू, चार्टर प्रेसिडेन्ट राकेश कुमार झा, पूर्व वडाध्यक्ष कन्हैया प्रसाद गुप्ता, वर्तमान वडाध्यक्ष बद्री नारायण यादव, विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादव, अभिभावकहरू, र स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति थियो।
वर्तमान वडाध्यक्ष बद्री नारायण यादवले पूर्व वडाध्यक्ष कन्हैया प्रसाद गुप्ताको योगदानको प्रशंसा गर्दै नयनराज गुप्ताको जन्मदिनलाई सामाजिक र शैक्षिक कार्यमार्फत मनाउनुभएको प्रयासलाई उदाहरणीय भने। विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले क्लबद्वारा गरिएका यी कार्यहरूले विद्यालयको शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।
चार्टर प्रेसिडेन्ट राकेश कुमार झाले क्लबले स्वास्थ्य, सरसफाइ, शिक्षा, र वातावरणीय सुधार जस्ता क्षेत्रमा गर्दै आएको कामको चर्चा गर्दै यस प्रकारका कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए। “लायन्स क्लब अफ फूलवारीले सामाजिक र मानवीय हितका क्षेत्रमा गरेको योगदानले गौरव महसुस गर्न सकिने आधार तयार गरेको छ,” उनले भने।

कार्यक्रमले विद्यालयमा शैक्षिक सहायताको पहुँच पुर्‍याउनका साथै वातावरणीय संरक्षणको महत्त्वलाई पनि प्रवर्द्धन गरेको छ। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरूमा उत्साह देखिएको थियो। अभिभावकहरूले पनि क्लबद्वारा गरिएको प्रयासप्रति आभार प्रकट गर्दै यस्ता गतिविधिहरूले समाज सुधारमा सहयोग पुर्‍याउने धारणा राखे।लायन्स क्लब अफ फूलवारीले यसअघि पनि शिक्षा, स्वास्थ्य, र सरसफाइमा योगदान गर्दै आएको छ। सामाजिक सेवाका यस्ता कार्यले क्लबलाई एक आदर्श संस्थाको रूपमा स्थापित गर्न सहयोग पुगेको छ। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्ष शङ्कर प्रसाद गुप्ताले प्रतिबद्धता व्यक्त गरे।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ पुष २४, बुधबार ०४:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ पुष २४, बुधबार ०४:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ पुष २४, बुधबार ०४:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ पुष २४, बुधबार ०४:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ पुष २४, बुधबार ०४:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ पुष २४, बुधबार ०४:३०
Next Post
राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

राष्ट्रिय सेवा दलद्वारा १०० दिने एनसीसी तालिम सम्पन्न

अम्ही केन्द्रले वार्षिक मूल्याङ्कनमा उत्कृष्टता हासिल गर्दै प्रथम स्थान प्राप्त

अम्ही केन्द्रले वार्षिक मूल्याङ्कनमा उत्कृष्टता हासिल गर्दै प्रथम स्थान प्राप्त

राष्ट्रिय सेवा दलको ५०औं दीक्षान्त समारोह सम्पन्न

राष्ट्रिय सेवा दलको ५०औं दीक्षान्त समारोह सम्पन्न

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ पुष २४, बुधबार ०४:३०
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ पुष २४, बुधबार ०४:३०
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ पुष २४, बुधबार ०४:३०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ पुष २४, बुधबार ०४:३०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ पुष २४, बुधबार ०४:३०
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ पुष २४, बुधबार ०४:३०
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ पुष २४, बुधबार ०४:३०
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ पुष २४, बुधबार ०४:३०
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ पुष २४, बुधबार ०४:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...