Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ मंसिर ३०, आईतवार ०४:५३
लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Loading

महेश सिंह /रामसेवक राम लहान, लहानस्थित गोल्डेन फ्युचर एकेडेमीले लायन्स क्लबको सहकार्यमा आयोजित “लागु औषध नियन्त्रणमा युवाको भूमिका” विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा १७ वटा सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतियोगिताका प्रमुख अतिथि राकेश झाले सहभागी विद्यार्थीहरूको ज्ञान, सीप र प्रभावशाली प्रस्तुति प्रशंसा गर्दै नियमित अभ्यासको महत्त्व औंल्याए। उनले सरकारी विद्यालयका बालबालिकाहरूको क्षमता वृद्धि गर्न पोषण, वातावरण र व्यवस्थापन सुधारमा ध्यान दिनुपर्ने आवश्यकता पनि उल्लेख गरे।

कार्यक्रममा नेशनल एकेडेमी लहानकी छात्रा एसिना प्रविनले प्रथम स्थान हासिल गरिन्। दोस्रो स्थान स्कुल अफ स्कलरकी विनी यादव र तेस्रो स्थान लोटस बोर्डिङ स्कुलकी निसा यादवले हात पारे। छात्रतर्फ प्रथम स्थान लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालयका नेफुरुल अन्सारीले जिते। स्कुल अफ स्कलरका पुष्प कुशवाह दोस्रो र वेबी एन्जल सेकेन्डरी स्कुलका अविनाश यादव तेस्रो स्थानमा रहे।

कार्यक्रमका सभापति शंकर प्रसाद गुप्ताले सिरहा जिल्लामा यस्ता प्रतियोगिताहरूले युवामा सामाजिक चेतना फैलाउन मद्दत पुर्‍याउने बताए। उनले स्थानीय तह, वडा समिति र युवा सञ्जालले यस्ता गतिविधिहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याए। “समाजमा व्याप्त विकृतिहरू हटाउन कानुनको प्रभावकारी कार्यान्वयन गर्न जरुरी छ,” उनले भने।

प्रतियोगिताका निर्णायक शिक्षकहरू राम विलास यादव, मदन मण्डल र संजय यादवले निर्णायक भुमिका निर्वाह गरे। कार्यक्रमको सहजीकरण तथा व्यवस्थापनमा शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका उपेन्द्र प्रसाद यादवको महत्त्वपूर्ण भूमिका रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, प्रतिस्पर्धात्मक भावना र सामाजिक सचेतना अभिवृद्धि गरेको आयोजकले बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ मंसिर ३०, आईतवार ०४:५३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

Next Post
लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लागु औषध नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लहानमा अपाङ्ग बाल अस्पतालद्वारा २२ लाख बराबरको सामग्री हस्तान्तरण

लहानमा श्रीमद्भागवत महापुराण कथा सुरु, हजारौंको उपस्थिति

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ मंसिर ३०, आईतवार ०४:५३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ मंसिर ३०, आईतवार ०४:५३
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ मंसिर ३०, आईतवार ०४:५३
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ मंसिर ३०, आईतवार ०४:५३
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ मंसिर ३०, आईतवार ०४:५३
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ मंसिर ३०, आईतवार ०४:५३
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ मंसिर ३०, आईतवार ०४:५३
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.