Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पोखरामा खुला नाला, जोखिममा बालबालिका

ठेकेदारले काम अलपत्र पार्‍यो, पानीको प्राकृतिक निकास थुनियो

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १३, सोमबार ०१:३६
पोखरामा खुला नाला, जोखिममा बालबालिका

Loading

साउन । पोखरा १६ सुन्दरफिडको नालाले बगाउँदा शुक्रबार ११ वर्षीय एक बालकले ज्यान गुमाए । नालीमा पूरै ढकनी लगाइएको छैन । वर्षाको भेलले पानी भरिँदा ढकनीबिनाको नाली देखिएको थिएन ।

बालक नालीमा बगेको ठाउँ आसपासमा यसअघि पनि नालीमा मानिसको ज्यान गएको छ । ०७४ मा हराएका १८ वर्षीय पिजन पुनको ५ वर्षसम्म पनि अवस्था अज्ञात छ । साना बालबालिका बालबालिकामात्रै नभएर वयस्क व्यक्ति पनि नालीमा खस्न पुग्दा गम्भीर घाइतेसमेत भइसकेका छन् ।

स्थानीयबासिन्दाका अनुसार भिरालो र साँघुरो बाटोमा बर्खामा बाढी बग्छ । त्यसमाथि कहिले खानेपानी आयोजना त कहिले दूरसञ्चारले पाइप बिच्छ्याउन पटकपटक खन्दै आएकाले पनि जोखिम बढेको हो ।

स्थानीय पूर्णबहादुर गुरुङ सुन्दरफिडको उक्त बाटोमा सानो पानी पर्दासमेत पहिल्यैबाट ठूलो भेल बग्दथ्यो । उक्त बाटोमा भुनपरे, घार्मी, चनौटालगायतदेखि करिब ७ किलोमिटर टाढाबाट भेल आउँछ । तर, पछि जनघनत्व बढ्दै गएसँगै पानीको प्राकृतिक निकास बन्द हुन थालेपछि भेलले मानवीय क्षति नै हुने गरी उघ्र रुप लिन थालेको हो ।

‘पहिले गण्डकी बोर्डिङ स्कुलबाट पानी जान्थ्यो । त्यो पनि बन्द भयो । पछि इन्जिनियरिङ क्याम्पसबाट पानी जान्थ्यो, त्यो पनि ब्लक गरिदियो,’ गुरुङ भन्छन्, ‘पानीले आफ्नो निकास नपाएपछि सबै यही बाटो हुँदै पानी जाने हो । धेरै पानी आउँदा उघ्र रुप नै हुन्छ ।’

सडक र नाली बनाउने जिम्मा सडक डिभिजन कार्यालय पोखराले हेटौंडाको शिवशक्ति इन्फ्रा डेभलपर्सलाई दिएको छ । ०७८ असार १३ देखि ठेक्का पाएको उक्त ठेकेदार कम्पनीले असार १५ गतेभित्र काम सकिसक्नु पर्ने थियो । तर, निर्धारित समयमा काम पूरा नगर्दा दुर्घटनाको कारक बन्न पुगेको छ ।

सम्झौताअनुसार दीप–लामाचौर सडकअन्तर्गत पर्ने उक्त बाटोको लामाचौरदेखि सुन्दरफिडसम्म ७ किलोमिटर सडक अस्फाल्ट प्रविधिमा कालोपत्रे गर्नुपर्ने छ । जसमध्ये कालापत्रेसहित ३ सय मिटर लामो नाली निर्माण गर्ने जिम्मा पनि ठेकेदार कम्पनीकै पोल्टामा छ । उक्त कम्पनीले कम्पनीले ७ करोड ५० लाख रूपैयाँमा ठेक्का पाएको थियो ।

विद्यालयकै अगाडि एम्बुस बनेको नाला

ठेकेदार कम्पनीले बनाउने भनिएको नालासँगै श्री दिव्यज्योति आधारभूत विद्यालय जोडिएको छ । उक्त स्कुलका विद्यार्थी निर्माणाधीन नाला र बाटोकै कारण सबैभन्दा जोखिममा रहेको विद्यालयकी प्राचार्य कृष्णकुमारी जोशी बताउँछिन् ।
५ कक्षासम्म पढाइ हुने उक्त स्कुलमा २७ जना साना बालबालिका अध्ययनरत छन् । प्राचार्य जोशीका अनुसार गत कात्तिकमा सडक डिभिजनकै प्रतिनिधि आएर त्यहाँ नाला बनाउनुपर्ने र त्यसका लागि विद्यालयको पर्खाल भत्काउनुपर्ने बताएका थिए ।

बाटो छेउमै रहेको र साना बालबालिका खुला मैदान हुँदा दुर्घटनाको जोखिममा पर्ने विद्यालयले त्यतिबेलै त्यतिबेलै नकारेको थियो । तर, विभागले भने केही समयभित्रै पुनः नयाँ पर्खाल बनाइदिने भन्दै कवुल गरेरै पर्खाल भत्काइछाडियो ।
‘तर, भत्किएको उक्त पर्खाल एक वर्ष पुग्न लाग्दासमेत बनाइदिएनन्, अहिले सबैभन्दा बढी केटाकेटी खस्लान् भन्ने डर भो,’ जोशी भन्छिन्, ‘अहिले त दुखद् घटना घटिहाल्यो ।’

खुला नाला र बाटोका कारण विद्यालय नै असुरक्षित भएपछि पानी परेको दिन विद्यार्थीका लागि ‘ड्युटी’ नै बस्नुपर्ने बाध्यता रहेको जोशी सुनाउँछिन् । ‘हामीले पटकपटक भनेपछिमात्रै केही समयअघि ढक्कन (नालामाथिको स्ल्याब) हाल्ने काम भयो,’ उनले भनिन्, ‘तर, पनि बीचबीचमा खुला छोडिएको छ ।’

जोशीले जनप्रतिनिधिदेखि सडक डिभिजनसम्म यसबारे जानकारी गरिसकेको भए पनि सुनुवाइ नभएको गुनासो पोखिन् । ‘केटाकेटी हुन् । खेल्नुपर्‍यो, उफ्रिनुपर्‍यो । बाहिर निस्किँदा एउटा कुरुवा लठ्ठी बोकेर बस्नुपर्ने स्थिति छ,’ उनले भनिन्, ‘हामीले यहाँका जनप्रतिनिधि पनि भन्यौं, सडक डिभिजनमा पनि भनिसक्यौं । डराइडराई पढाउनुपर्ने स्थिति छ ।’

स्थानीय आक्रोशितः मृत्यु होइन, हत्या हो !

शुक्रबार ११ वर्षीय बालकको ज्यान गएपछि स्थानीय आक्रोशित छन् । उनीहरुले संघर्ष समिति नै बनाएर शनिबारदेखि दीप–सुन्दरफिड बाटो बन्द गरेका छन् ।

स्थानीय आइतबार सडक डिभिजन, पोखराका कार्यालय प्रमुख पारसमणि हमाललाई भेट्न पुगेका थिए । तर, हमाललाई त्यहाँ नभेटेपछि उनीहरुले आयोजना हेरिरहेकी इन्जिनियर सुभद्रा महर्जनलाई भेटेर आफ्नो आक्रोश पोखेका छन् ।

उनीहरुले ठेकेदार र डिभिजनकै लापरवाहीका कारण सुन्दरफिडवासीले सास्ती खेप्नु परिरहेको सुनाए । ‘यो कुनै पनि हालतमा मृत्यु होइन । ठेकेदार कम्पनी र सडक डिभिजनले गरेको हत्या हो,’ पूर्व जनप्रतिनिधिसमेत रहेका स्थानीय राजेश गुरूङले भने, ‘ठेकेदार कम्पनीलाई हेर्न मन छ । मृतकका अभिभावकसँग माफी माग्नुपर्छ ।’

भेटमा स्थानीयबासिन्दाले आइतबार नै खुला छोडिएका नालामाथि ढक्कन राख्न र ठेकेदार कम्पनीलाई ३ दिनभित्र उपस्थित गराउनसमेत माग गरे । उनीहरुले ३ दिनमा पनि ठेकेदार उपस्थित नभए लामाचौर सडकखण्ड बन्द गर्ने र सडक डिभिजन कार्यालयमा धर्ना दिने स्थानीय दिएका छन् ।

साइट हेरिरहेकी सडक डिभिजन कार्यालय इन्जिनियर सुभद्रा महर्जनले समयमै काम नसकेपछि ठेकेदार कम्पनीलाई पत्राचार नै गरिएको थियो । पत्राचारपछि कम्पनीका प्रतिनिधि केही समय काम पनि गरेका थिए । ‘तर, असार लागेपछि सबै कामदार फर्किनुभयो । उहाँहरु नआउँदै अप्रिय घटना घट्न पुग्यो,’ उनले भनिन् ।

असार १५ मै सम्झौता म्याद सकिए पनि अहिले ठेकेदार कम्पनीले पुनः चैतसम्मको समय मागेको इन्जिनियर महर्जनले जानकारी दिइन् । उनले हाललाई खुला नालीमा अस्थायी ढक्कनले ढाक्ने र एकहप्ताभित्र ठेकेदारलाई बोलाएर बाँकी काम सुरु हुने दाबी गरिन् ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १३, सोमबार ०१:३६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १३, सोमबार ०१:३६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १३, सोमबार ०१:३६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १३, सोमबार ०१:३६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १३, सोमबार ०१:३६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १३, सोमबार ०१:३६
Next Post
बाआमा र घरहरू

बाआमा र घरहरू

थप एक थान दल नभएर देश नबनेको हैन मित्रहरू !

थप एक थान दल नभएर देश नबनेको हैन मित्रहरू !

पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना

पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ भाद्र १३, सोमबार ०१:३६
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ भाद्र १३, सोमबार ०१:३६
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ भाद्र १३, सोमबार ०१:३६
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ भाद्र १३, सोमबार ०१:३६
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ भाद्र १३, सोमबार ०१:३६
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ भाद्र १३, सोमबार ०१:३६
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ भाद्र १३, सोमबार ०१:३६
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ भाद्र १३, सोमबार ०१:३६
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ भाद्र १३, सोमबार ०१:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.