Nepal BBC
Tuesday, July 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ भाद्र १३, सोमबार ०१:४५
पैदलयात्रीको पक्षमा बालेनको अर्को कदम, हट्यो सब-वेको अवैध संरचना

Loading

काठमाडौं । पैदलयात्रुहरुलाई आउजाउ गर्न सहज होस् भनेर पञ्चायतकालमा बनेको नेपालको एक मात्र भूमिगत मार्ग हो, भोटाहटी सब-बे । तर पछिल्लो समय प्रवेशद्धार नै छाकिने गरी पसल कबलहरु राखेकाले यो व्यापारिक थलो झै बनेको थियो । पैदलयात्रीलाई हिड्नै गाह्रो थियो ।

आइतबार कारठमाडौं महानगरपालिकाले अबैध संरचना बनाएर राखेको पलसहरु हटाएको छ । प्रवेशद्धारमा बनाइएका अनाधिकत संरचनाहरु हटाएको छ ।

सब-वेको मुखमा फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचनाबारे बि्रफिङ गरेलगत्तै मेयर बालेन साहले यो संरचना हटाउन निर्देशन दिएका थिए ।

वडाध्यक्षको त्यो बदमासी..

यो सब-वे कसरी अतिक्रमण गरेर व्यापारिक ढंगले प्रयोग गरियो भन्ने थाहा पाउन २० वर्षअघि फर्किनुपर्छ ।

३१ असार, २०५९ मा महानगरले सब-वेमा भाडामा लगाउने सम्झौता गरेको थियो । महानगरका एक अधिकारीका अनुसार तत्कालीन मेयर केशव स्थापित विदेश भ्रमणमा जाँदा तत्कालीन वडा नम्बर ३० (हाल २७) का वडाध्यक्ष चिनियाँमान बज्राचार्यलाई निमित्त मेयरको जिम्मेवारी दिएर गएका थिए ।

बज्राचार्य भने २०५४ सालमै महानगरपालिकाले आफूलाई सब-वे सञ्चालनको जिम्मा दिएको र त्यसअनुसार ठेक्का लगाएको दाबी गर्छन् । त्यतिबेला सब-वेमा पसल चलाउन आउन कोही तयार नहुने अवस्थाका बीचमा सो सम्झौता भएको उनको दाबी छ ।

पूर्व मेयर स्थापित भने २०५९ अघि नै सब-वे भित्र पसलहरु चलेको बताउँछन् । तर, सब-वेभित्र ठेक्काबारे आफू जानकार नरहेको उनले बताए ।

बज्राचार्यले आफूसँग निकट ढोकाबहाल निवासी राजु श्रेष्ठलाई यो सब-वेको ठेक्का दिलाएका थिए । सब-वेभित्रका ७ वटा सटर प्रयोग गर्न भएको सम्झौतामा सब-वेको वाषिर्क भाडा १ लाख ४४ हजार रुपैयाँ तोकिएको थियो । २५ वर्षका लागि भएको ठेक्कामा २ देखि ५ वर्षभित्र वाषिर्क ५ प्रतिशतका दरले, ६ देखि १० वर्षसम्म ६ प्रतिशतका दरले र ११ देखि १५ वर्षसम्म ८ प्रतिशतका दरले, १६ देखि २० वर्षसम्म २० प्रतिशतका दरले र २० देखि २५ वर्षसम्म १५ प्रतिशतका दरले वाषिर्क रुपमा भाडा बढाउने उल्लेख थियो ।

सम्झौताअनुसार सब-वेभित्र बत्ती र टेलिफोन प्रवन्ध गर्ने र सब-वेको पर्खाल विज्ञापनका लागि प्रयोग गर्न पाउने जस्ता विषय करारमा थिए । साथै वडाध्यक्ष बज्राचार्यले यो करारनामा श्रेष्ठबाट २५ वर्षसम्म सब-वेको प्रयोग खोस्नै नसक्ने बुँदा राखिदिए । ‘राजनीतिक परिवर्तन र अन्य कुनै कारणले यो करारमा असर पर्ने छैन,’ १० नम्बर बुँदामा लेखिएको थियो ।

यहीबुँदाले बलियो बनेका ठेकेदार श्रेष्ठले सम्झौता विपरीत संरचना थपे । सब-वेको मुखमा ३ वटा सटर बनाए । भित्र पनि व्यापारिक प्रयोजनका लागि बनाइएका सटरको अघिल्लो भागमा दराजहरु हालेर पसल राख्न सक्ने गरी भाडामा लगाए । ‘महिनामै यहाँका सटर-पसलबाट ७-८ लाख रुपैयाँ उठाइँदै थियो,’ महानगरका एक अधिकारी भन्छन्, ‘तर ठेकदारले वर्षमा ४-५ लाख रुपैयाँ जति तिर्दा हुन्छ, उसको वर्षको कमाइ सब-वेबाटै करोड नजिक पुग्छ ।’

२०५९ पछि स्थानीय तह जनप्रतिनिधिविहीन भएका बेला महानगर कर्मचारीले चलयो । मुलुक संघीयतामा गएपछि स्थानीय सरकार आयो, २०७४ को निर्वाचनमा मेयर बनेका विद्यासुन्दर शाक्यले पनि सब-वे खुलाउन रुची देखाएनन् । महानगरपालिका स्रोतका अनुसार यसबारे ५ पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी पर्‍यो, तर खासै चासो दिएन ।

३० वैशाखको चुनावमा काठमाडौंको मेयर निर्वाचन बालेन शाहले भने अवैध संरचना हटाएको छ ।

पछिल्लो दिनमा अण्डरग्राउण्ड पार्किङमा बनेका अवैध संरचनाहरु हटाउने अभियान चलाएको महानगरको नगरप्रहरीले आइतबार सब-वे भाडामा लगाउने सम्झौता विपरित थपिएका सबै संरचनाहरु हटाएको छ ।

काठमाडौंका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सब-वेमा अनधिकृत रुपमा सञ्चालन भइरहेका २५-३० वटा पसल हटाइएको छ । ‘सव-वेको भर्‍याङ उक्लने, ओर्लनेको दायाँबायाँ र बाहिर पनि थप सटर बनाएर व्यवसाय सञ्चालन गरेको पाइएपछि मेयरज्यूको निर्देशनमा भत्काइएको हो,’ पाण्डेले भने ।

नगर नायब निरीक्षक लोकनाथ चुँडाल नेतृत्वको टोलीले आइतबार बिहान ८ बजे माईकिङ गरेर अनधिकृत पसलका समाना हटाउन निर्देशन दिएको थियो । त्यसपछि नगर प्रहरीको टोलीले मध्यान्हमा गएर पिक, घन प्रयोग गरी संरचनाको केही भाग भत्काएर सामान हटाउन आदेश दिएको थियो । आइतबार साँझ मेयर  बालेन आफैं डोजरसहित पुगेर अवैध संरचना हटाएको छ ।

हेर्नुस् करारनामा

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ भाद्र १३, सोमबार ०१:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ भाद्र १३, सोमबार ०१:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ भाद्र १३, सोमबार ०१:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ भाद्र १३, सोमबार ०१:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ भाद्र १३, सोमबार ०१:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ भाद्र १३, सोमबार ०१:४५
Next Post
‘माननीयहरूमा भाइरल हुने चाहना देखिन्छ’

‘माननीयहरूमा भाइरल हुने चाहना देखिन्छ’

जसपाबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि को–को छन् आकांक्षी ?

जसपाबाट प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि को–को छन् आकांक्षी ?

७० वर्षमा सवा चार लाखले पाए ‘वैवाहिक अंगीकृत’ नागरिकता, मधेशमा २ लाख २९ हजार

७० वर्षमा सवा चार लाखले पाए ‘वैवाहिक अंगीकृत’ नागरिकता, मधेशमा २ लाख २९ हजार

Discussion about this post

ताजा समाचार

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ भाद्र १३, सोमबार ०१:४५
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०७९ भाद्र १३, सोमबार ०१:४५
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०७९ भाद्र १३, सोमबार ०१:४५
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०७९ भाद्र १३, सोमबार ०१:४५
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०७९ भाद्र १३, सोमबार ०१:४५
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२०७९ भाद्र १३, सोमबार ०१:४५
बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२०७९ भाद्र १३, सोमबार ०१:४५
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२०७९ भाद्र १३, सोमबार ०१:४५
शान्ति सुरक्षामा प्रहरी चौकि सितापुरले प्रवास्ता भएको स्थानीयको गुनासो

शान्ति सुरक्षामा प्रहरी चौकि सितापुरले प्रवास्ता भएको स्थानीयको गुनासो

२०७९ भाद्र १३, सोमबार ०१:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.